राप्रपा-रास्वपाबाट सदन बहिस्कार, प्रधानमन्त्रीले सम्बोधन गर्दै
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शुक्रबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिस्कार गरेका हुन् ।
सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए। त्यसपछि सभामुख घिमिरेले रास्वपाका गणेश पराजुलीलाई बोल्न दिएका थिए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपालको भूमि लिम्पियाधुरा र लिपुलेकबारे दह्रो तरिकाले कूटनीतिक तवरबाट कुरा राख्न आग्रह गरे ।
त्यसपछि सभामुख घिमिरेले राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्ने समय दिए । उनले भारत र चीनबिच लिपुलेकलाई समेटेर भएको सहमतिप्रति आपत्ति जनाए । र सदस्यका हैसियतले संयुक्त राष्ट्र सङ्घमा कुरा राख्न माग गरे । भिजिट भिसा प्रकरणमा सरकारले संसदीय छानबिन समिति गठन नहुँदासम्म आन्दोलन जारी राख्ने बताए ।
दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
सर्लाही–४ मा हारे गगन थापा, अमरेशकुमार सिंह विजयी
काठमाडौँ। सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी भएका छन् । केहीबेरअघि सम्पन्न मतगणनामा ३५ हजार ६८८ मत ल्याउँदै सिंह...
बढ्यो काठमाडौँ उपत्यकाको तापक्रम
काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। आज (आइतबार) बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम...
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...




