मुख्य समाचार

राजा र हिन्दुराष्ट्र हटाउँदा देश बन्छ भन्ने भास्य अब गलत भयो ; कमल थापा

राजा र हिन्दूराष्ट्र राखेर पनि देश बिकास गर्न सकिन्छ :- कमल थापा काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा र हिन्दुराष्ट्र राखेर पनि मुलुकको बिकास गर्न सकिने धारणा ब्यक्त गरेका छन् ।

आज काठमाडौंको जोरपाटीमा आयोजित तीन नम्बर क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले थापाले मुलुकको सम्पुर्ण रोग,भोक,अशिक्षा र गरिबिको कारक राजसंस्था र हिन्दु धर्मलाई दिनेहरुले देशलाई असफल राष्ट्र बनाएको आरोप लगाए ।

राजा र हिन्दुराष्ट्र हटाउँदा देश बन्छ भन्ने भाष्य गलत साबित भएको उनको तर्क थियो । थापाले नेपाललाई स्विजरल्याण्ड र सिङ्गापुर बनाउछौ भन्नेहरु आज कहाँ छन्? भन्ने प्रश्न गर्दै देशलाई अब थप दुर्घटनाबाट जोगाउन राप्रपा नेपाल बलियो हुनुपर्ने जिकिर गरे ।

अहिले देशलाई जबर्जस्ती हिडाईएको बाटोबाट मुलुक थप समस्याको दलदलमा फस्ने भन्दै थापाले त्रुटिपूर्ण मार्गचित्र सच्याउन जरुरी भएको समेत बताए । उनले गणतन्त्र , धर्म निरपेक्षता र संघीयताले मुलुकको हित नगर्ने दोहोर्याए ।

कार्यक्रममा उपाध्यक्ष डा.बिष्णु भण्डारी, महामन्त्री राजाराम बर्तौला, केन्द्रिय सदस्यद्वय डा.बालकृष्ण दाहाल र डा.सुदर्शन सुबेदि तथा धिरज भण्डारीले प्रशिक्षण दिएका थिए ।
राप्रपा नेपालले पछिल्लो समय उपत्यकाका १५ वटै क्षेत्रमा सघन प्रशिक्षण संचालन गरिरहेको पार्टीले जनाएको छ ।

सम्बन्धित समाचार

गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत कालीगण्डकी...

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश भएको छ। सर्वोच्च अदालतका...

रुकुम पूर्वमा प्रचण्ड विजयी

रुकुम पूर्वमा प्रचण्ड विजयी

काठमाडौं। रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् । अहिलेसम्म गणना भएको...

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...