मुख्य समाचार

काठमाडौँबाट सोलु जाँदै गरेको गाडी सिन्धुलीमा दुर्घटना, ४ जना घाइते

काठमाडौँ। काठमाडौँबाट सोलुखुम्बुतर्फ जाँदै गरेको गाडी सिन्धुलीमा दुर्घटना हुँदा चार जना घाइते भएका छन्। मंगलबार बिहान साढे १० बजे मध्यपहाडी लोकमार्गस्थित सिन्धुलीको गोलन्जोर गाउँपालिका १ कुडुलेमा ना १ ज ५०७४ नम्बरको टाटासुमो गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा दोलखाको भिमेश्वर नगरपालिका ७ का ४७ वर्षीय ज्ञानबहादुर खड्का, पाल्पाको रामपुर नगरपालिका ३ घर भएका ३२ वर्षीय सचिन मल्ल, ओखलढुंगाको सिद्धिचरण नगरपालिका ११ की २५ वर्षीया करिश्मा बस्नेत र निरुता बस्नेत घाइते भएका छन्।

घाइतेलाई सिन्धुलीकै ग्वालटारस्थित भुवनेश्वरी स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाडौँ ल्याइएको छ। प्रहरीका अनुसार दुर्घटनामा परेको सुमोमा ६ जना सवार थिए। दुर्घटनामा परेको सुमोका चालकलाई प्रहरीले पक्राउ गरेको छ।

सम्बन्धित समाचार

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको...

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...

कालीमाटीमा हरियो फर्सीको मूल्य किलोको १८, आलुको १७, अरु तरकारीको कति?

कालीमाटीमा हरियो फर्सीको मूल्य किलोको १८, आलुको १७, अरु तरकारीको कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको...

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...