घरमा अनावश्यक हल्ला नगर्न भन्दै प्रहरीले लगायो अनौठो नियम
काठमाडौँ। नेपाल प्रहरीले घरभित्र अनावश्यक ध्यनि प्रदूषण नगर्न अनुरोध गरेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शान्त र अवरोधमुक्त छिमेकी अभियानका लागि विभिन्न उपाय अवलम्बन गर्न अनुरोध गरेको हो।
रात्रिकालिन समयमा लाउडस्पीकर, साउन्ड बक्स, डीजे, बाजा, जुस पसललगायतका सामग्रीहरूको ठूलो आवाज ननिकाल्न आग्रह गरिएको छ ।
बिहान ५ देखि ७ बजेसम्म अनावश्यक ठूलो आवाजमा कुराकानी गर्ने र मोटरसाइकल वा अन्य सवारी साधनको ठूलो हर्न बजाउने कार्य नगर्न प्रहरीले अनुरोध गरेको छ।
प्रहरीको अनुरोधमा भनिएको छ, ‘फोन कल गर्दा आवाज कम गरौँ वा हेडफोन प्रयोग गरौँ, म्यासेजमै संवाद गरौँ।’ त्यस्तै प्रहरीको अर्को अनुरोध छ, ‘भान्सामा भाँडाकुँडाको ठूलो आवाज उत्पादन नगरौँ । राति गेट ढकढकाउने वा बेल बजाउने कार्य नगरौँ, आवश्यकताअनुसार फोनको प्रयोग गरेर ढोका खोल्न लगाऔँ।’
राति शौचालयमा फ्लस गर्दा ध्वनि कम गर्ने उपाय अपनाउन प्रहरीको अनुरोध छ । त्यस्तै बिहान सबेरै र राति प्रेसर कुकरमा सिटी नलगाउन पनि प्रहरीको अनुरोध छ । घरमा संगीत अभ्यास गर्दा ध्वनि नियन्त्रण उपकरण प्रयोग गर्न पनि प्रहरीको अनुरोध छ । सडकमा अनावश्यक हल्ला नगर्न पनि प्रहरीले अनुरोध गरेको छ ।

ताजा अपडेट
-
१.
मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
-
२.
१ अर्ब ३४ करोड लागतमा बाह्रबिसे–कोदारी सडक स्तरोन्नति शुरु, तीन वर्षभित्र सक्ने तयारी
-
३.
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
-
४.
नेपाली तयारी पोशाकलाई विश्व बजारमा पुर्याउन ‘ऊलमार्क’ सँग सहकार्य, उच्च मूल्यका उत्पादनमा जोड
-
५.
पर्वतमा जिप दुर्घटना, चालकको मृत्यु
ट्रेन्डिङ
सिफारिस
सबैसम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




