मुख्य समाचार

सामाजिक सन्जालमा अमर्यादित भाषा लेख्ने व्यक्ति थुनामा

काठमाडौं । सामाजिक सञ्जालमार्फत सम्मानित व्यक्तित्वहरूलाई लक्षित गरी अमर्यादित र हिंसात्मक भाषा प्रयोग गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
साइबर ब्यूरो भोटाहिटीले दिएका अनुसार पक्राउ पर्नेमा नुवाकोट तादी गाउँपालिका वडा नम्बर ३ स्थायी घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ मुलपानीमा बस्दै आएका सुमन थापा (प्रेम बहादुर थापा) रहेका छन्।

थापाले सामाजिक सञ्जालमा सार्वजनिक पदधारण गरेका व्यक्तिहरूलाई लक्षित गरी हिंसात्मक तथा अपमानजनक भाषा प्रयोग गरी पोस्ट गर्ने गतिविधि गर्दै आएको प्रारम्भिक प्राविधिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको...

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...

कालीमाटीमा हरियो फर्सीको मूल्य किलोको १८, आलुको १७, अरु तरकारीको कति?

कालीमाटीमा हरियो फर्सीको मूल्य किलोको १८, आलुको १७, अरु तरकारीको कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ९मंगलबार० का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको...

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

प्रदेशसभा सदस्य रेखा शर्मालाई तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं। बालिकामाथि श्रमशोषणको आरोपमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई अदालतले तीन दिन थुनामा राख्न अनुमति दिएको छ।...