कहाँ कहाँ पर्दैछ पानी?
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमामा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।
बागमती प्रदेशको थोरै स्थानहरू तथा कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राति देशभर साधरणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु
बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु काठमाडौँ : बालेन नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा...
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
इरानविरुद्धको युद्ध अन्त्य गर्न अमेरिका र इजरायललाई राष्ट्र संघका प्रमुखको आग्रह
काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राज्य अमेरिका र इजरायललाई इरानविरुद्धको युद्ध अन्त्य गर्न आग्रह गरेका छन्।...
मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
दाङ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार गएराति भएको दुर्घटनामा मोटरसाइकलमा...




