प्रमुख खवर

रास्वपाले लेख्यो मेटा र युट्युबलाई पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेटा र युट्युबलाई पत्र लेखेर नेपालमा दर्ताबारे जिज्ञासा राखेको छ ।

 

सरकारले बिहीबार २६ वटा सामाजिक सञ्जालको दर्ता नभएको भन्दै सञ्चालनमा रोक लगाएको थियो । सरकारले रोक लगाएकामध्ये बढी प्रयोगकर्ता भएको मेटा र यु ट्युबलाई रास्वपाले पत्र लेखेर दर्ता बारेमा जिज्ञासा राखेको हो ।

रास्वपाका सहमहामन्त्री विपीनकुमार आचार्यले ती दुई सामाजिक सञ्जाललाई पत्राचार गरेका हुन् ।

सामाजिक सञ्जाल मनोरञ्जनको माध्यम मात्रै नभई शिक्षा, उद्यम, डिजिटल उद्यमशितलता, डायस्पोरासँग जोडिने कार्यमा भूमिका खेलेको भन्दै नागरिकको दैनिक जीवनसँग जोडिएको विषय रहेको पत्रमा उल्लेख गरिएको छ ।

प्रयोगकर्ताले सामाजिक सञ्जालको माध्यमबाट आय आर्जन समेत गरेको पत्रमा उल्लेख छ । दर्ताका लागि व्यवधान रहेको भए जानकारी गराउन समेत मेटा र युट्युबलाई भनिएको छ ।

 

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...