कोरियामा विद्यार्थीमाथि हुने ठगीबाट सचेत आग्रह
कोरिया। अध्ययनका लागि कोरिया आएका नेपाली विद्यार्थीलाई पार्ट टाइम काम लगाइदिन्छु भन्दै ठगी गर्नेप्रति सचेत रहन नेपाली विद्यार्थी समाज सोनसिक, दक्षिण कोरियाले अपिल गरेको छ।
`हालै कोरियामा नयाँ आएका विद्यार्थी लक्षित धोका–धडी (Scam) बढिरहेको र कसैले पनि पार्ट-टाइम काम दिलाइदिन्छु भन्दै अग्रिम पैसा माग्ने गिरोहबाट होसियार रहनु होला,´ सोनसिकले सूचनामार्फत भनेको छ।
अहिले कोरियामा सामाजिक सञ्जालमा फेक अकाउन्ट बनाएर दिनहुँ विद्यार्थीलाई प्रलोभन देखाएर पैसा लिने र सम्पर्क बिहीन हुने प्रचलन बढ्दै गएको सोनसिकले जानकारी दिएको छ। कुनै पनि कारोबार गर्दा वा काम गर्दा सचेत र सुरक्षित रहेर अगाडी बढ्न आग्रह गरिएको छ।
सोनसिकले कुनै विद्यार्थीले यस किसिमको समस्या भोग्नुपरेको भए कोरियास्थित नेपाली दूतावासमा जानकारी गराउन आग्रह गरेको छ।
ठगीमा परेको भए आफ्नो नाम, ठेगाना, विश्वविद्यालयको नाम, फोन नं, ठगीको बैंक डिटेट, कुराकानीको विवरण, कल रेकर्ड भए सो को विवरण सहित दुताबासमा इमेलमार्फत जाानकारी गराउन भनिएको छ।
दूतावासको इमेल ठेगाना kr.nepalembassy.gov.np, nepembseoul2015@gmail.com, nepembseoul2015@gmail.com वा फोन 02-3789-9770 मा ठगिको विवरण टिपाउन सकिने बताइएको छ।

ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




