लोकेन्द्रबहादुर चन्दको पुस्तक `बदलिँदो समयचक्र’को विमोचन
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं राप्रपाका संस्थापक नेता लोकेन्द्रबहादुर चन्दद्वारा लिखित ‘बदलिँदो समयचक्र’ नामक पुस्तक विमोचन गरिएको छ। शुक्रबार एक कार्यक्रमका बीच पुस्तकको विमोचन गरिएको हो।
कार्यक्रममा पुस्तक लेखक एवं मदन पुस्कार विजेता चन्द, राप्रपाका संस्थापक डा. प्रकाशचन्द्र लोहनी, राप्रपा नेपालका अध्यक्ष कमल थापा, लेखक बासुदेव त्रिपाठीलगायतले एकसाथ पुस्तक सार्वजनिक गरेका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको योगदान नेपाली राजनीति र जनताप्रतिको समर्पणको अविस्मरणीय उदाहरण भएको बताएका छन्।
२०४६ सालको राजनीतिक अन्योलपछि चन्दको नेतृत्वमा भएको राजनीतिक योगदानले मुलुकलाई महत्वपूर्ण दिशा दिएको उनको दाबी छ। उनले पूर्वपञ्चहरूलाई संगठित गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना र सञ्चालन गर्ने कार्यमा समेत चन्दको महत्त्वपूर्ण भूमिका रहेको भन्दै उनले प्रशंसा गरे।
सम्बन्धित समाचार
पीएम कप : एपिएफमाथि पुलिसको उत्कृष्ट जीत
काठमाडौं नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपीएफ) क्लबमाथि १८५ रनको शानदार जित दर्ता गरेको छ। प्रधानमन्त्री कप एक...
पीएम कप : गण्डकीमाथि बागमती विजयी
काठमाडौं। बागमती प्रदेशले गण्डकी प्रदेशमाथि १७० रनको प्रभावशाली जित हात पारेको छ। प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा टस हारेर...
आमाको नामबाट तीन हजारले लिए नागरिकता
काठमाडौँ। नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएपछि आमाको नामबाट नागरिकता लिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ। गृह...
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
दमक। झापाको दमक नगरपालिका वडा नं। १० स्थित दमक एग्रिकल्चर फार्म प्रा। लि।मा पालिएका लेयर्स कुखुरामा बर्डफ्लु संक्रमण पुष्टि...




