मुख्य समाचार

काठमाडौँमा बिहानैबाट वर्षा

काठमाडौँ। काठमाडौँमा आइतबार (आज) बिहानै वर्षा सुरु भएको छ। आज (आइतबार) दिउँसो र राति देशका विभिन्न स्थानमा पानी पर्ने तथा केही ठाउँमा ठूलो वर्षाको पनि सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिनअनुसार आज दिउँसो देशका पहाड भेगमा साधारणतया बदली (आकाशमा बाक्लो बादल) र बाँकी स्थानमा आंशिक बदली आकाशमा (पातलो बादल) रहनेछ।

देशका पहाड भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेश र कर्णाली प्रदेशको पहाड भूभागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

आज राति कोशी प्रदेश र मधेस प्रदेशलगायत देशका पहाड क्षेत्रमा साधारणतया बदली र बाँकी ठाउँमा आंशिक बदली रहनेछ। कोश प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाड भूभागका केही स्थान र बाँकी पहाड र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेशको तराईका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

इरानविरुद्धको युद्ध अन्त्य गर्न अमेरिका र इजरायललाई राष्ट्र संघका प्रमुखको आग्रह

इरानविरुद्धको युद्ध अन्त्य गर्न अमेरिका र इजरायललाई राष्ट्र संघका प्रमुखको आग्रह

काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राज्य अमेरिका र इजरायललाई इरानविरुद्धको युद्ध अन्त्य गर्न आग्रह गरेका छन्।...

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

दाङ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार गएराति भएको दुर्घटनामा मोटरसाइकलमा...

इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग

इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौँ । सुर्खेतकी इनिशा विकको बलात्कारपछि भएको हत्याको विरोधमा दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौं उपत्यकाका क्याम्पसभरि अखिल क्रान्तिकारीले...