मुख्य समाचार

सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचारको विरोध प्रदर्शन कार्यक्रमप्रति बालेनको समर्थन

काठमाडौं। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले सामाजिक सञ्जाल बन्द तथा भ्रष्टाचारको विरोधमा सोमबार हुने प्रदर्शनमा आफ्नो समर्थन रहेको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत बालेनले स्वतस्पूर्त हुन लागेको जेनजीको प्रदर्शनमा आफ्नो भरपुर समर्थन रहेको बताएका हुन्।

उनले जेनजीहरू २८ वर्ष मुनिहरू हुने र आफू त्यो भन्दा बुढो देखिने भन्दै जेनजीहरूको कुरा बुझ्न मन लागेको पनि बताएका छन्। त्यस्तै उनले उमेरका कारण आफू उक्त प्रदर्शनमा जान नमिले पनि समर्थन रहेको भनेका हुन्।

‘भोलिको र्‍याली स्पष्ट स्वस्फूर्तरुपमा जेनजी को हो?, उहाँहरू भनेको २८ वर्ष मुनि हुनुहुन्छ, जसकालागि म पनि अझै बुढो देखिन्छु। मलाई पनि उहाँहरूको इच्छा, उद्देश्य, सोच बुझ्नु मन छ। भोलि यो स्वतफुर्त र्‍यालीमा कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरू आफ्नो स्वार्थ पूरा गर्न बाठो नबन्नुहोला,’ उनले भनेका छन्,’म उमेर हदबन्दीको कारण जान मिल्दैन, तर उहाँहरूको कुरा बुझ्नु जरुरी छ, मेरो भरपुर समर्थन छ।’

बालेनले जेनजीले कस्तो देश चाहेको हो भनेर प्रश्न पनि गरेका छन्। उनको प्रश्न छ, ‘प्रिय जेनजी भन्नुस्- तपाईँहरूले कस्तो देश देख्न चाहनुहुन्छ?’

भोलि सोमबार काठमाडौँको माइतीघरमा जेनजीले सामाजिक सञ्जाल विरोधसँगै भ्रष्टाचारको विरुद्धमा प्रदर्शन गर्दैछन्। यसका लागि सामाजिक सञ्जाल टिकटकमा अभियान नै चलेको छ।

सम्बन्धित समाचार

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ

काठमाडौं। काठमाडौंको सुकेधारामा क्षेत्रमा गाडीमा आगजनी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरू मेडिकल व्यवसायी...

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

जेनजी आन्दोलनमा फरार व्यक्तिसहित चार जना सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं। जेनजी आन्दोलनका क्रममा फरार रहेका सुनिल थापासहित सशस्त्र प्रहरीले भक्तपुर जिल्लाको मध्यपुरथिमी नगरपालिका–१ लोकन्थलीबाट चार जनालाई नियन्त्रणमा लिएको...

सेयर बजारमा हरियाली

सेयर बजारमा हरियाली

काठमाडौँ। शेयर बजार परिसूचक (नेप्से)मा मंगलबार हरियाली छाएको छ । नेप्से ३८.५२ अंकले वृद्धि हुँदै २ हजार ७१२.४९ बिन्दुमा...

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...