प्रमुख खवर

जेन-जी द्वारा गरिएको आन्दोलनमाथि राज्यले गरेको दमनको सरोकार केन्द्रको गम्भीर आपति

नेपालमा जेन-जेड पुस्ताद्वारा आयोजित आन्दोलनलाई सरकारले गरेको बर्बर दमनको घटनाप्रति सरोकार केन्द्रले गम्भीर आपत्ति जनाएको छ। आन्दोलनमा सहभागी नौजवान माथिको राज्यशक्तिले गरेको बल प्रयोग अस्वीकार्य भएको भन्दै सरोकार केन्द्रले एक विज्ञप्ति जारी गरेको हो।

सरोकार केन्द्रका अध्यक्ष गोबिन्द पन्थीका अनुसार, शान्तिपूर्ण आन्दोलनलाई बलपूर्वक दबाउन खोज्नु लोकतान्त्रिक मूल्य र नागरिक अधिकारमाथि ठाडो आक्रमण हो। उनले भने, “युवापुस्ताले आफ्नो भविष्य र देशकोपरिवर्तनका लागि उठाएका आवाजलाई सरकारले दमन गर्नु गम्भीर त्रुटि हो। यसबाट अमूल्य युवा जीवन गुमाउनुपरेकोमा हामी मर्माहत छौं।”

पन्थीले वीरगति प्राप्त सम्पूर्ण मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन्। साथै उनले आन्दोलनकै क्रममा घाइते र बेपत्ता भएकाहरूको अवस्था तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्।

उनका अनुसार नागरिकको आवाजलाई बन्दुक वा लाठीद्वारा होइन, संवाद र सहमतिको बाटोबाट सम्बोधन गर्नु अहिलेको आवश्यकता हो। “युवापुस्ताको ऊर्जा, आकांक्षा र योगदानलाई दमन होइन, सकारात्मक बाटोमा उपयोग गरेर मात्र देशले प्रगति गर्न सक्छ,” अध्यक्ष पन्थीले भने।

सम्बन्धित समाचार

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय

काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...

देशभर अस्पतालको सर्वेक्षणको तयारी

देशभर अस्पतालको सर्वेक्षणको तयारी

काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...

झनै घट्यो सुनको भाउ

झनै घट्यो सुनको भाउ

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा

काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...