नेपाली सेनाद्वारा निषेधाज्ञा र कर्फ्यु आदेश जारी
काठमाडौं । नेपाली सेनाले आज साँझ ५ बजेसम्म निषेधाज्ञा र त्यसपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ।
आन्दोलनका नाममा अझै पनि विभिन्न अराजक व्यक्ति तथा समूहले घुसपैठ गरी व्यक्तिगत र सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी, लुटपाट गरिरहेको र गर्न सक्ने सम्भावना रहेकाले देशको शान्ति अवस्थालाई मध्यनजर गरी हाल कायम निषेधाज्ञा साँझ ५ बजेसम्म जारी रहने सेनाले जनाएको हो ।
त्यसपछि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी रहने र परिस्थितिको विश्लेषणका आधारमा थप सूचना सम्प्रेषण गरिने सेनाले जनाएको छ।

ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




