सुशीला कार्की प्रधानमन्त्री हुने निश्चित
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक निर्णय लिँदै अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्त हुने निश्चित भएको छ। कार्कीले शुक्रबार बिहान ९ बजे प्रधानमन्त्री पदको शपथ लिने तयारी भइरहेको भएपनि संसद विगठन गर्नुपर्ने जेन जीको अडानले केही ढिलाइ हुने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ६१(४) मा रहेको “बाधा अड्काउ फुकाउ” सम्बन्धी प्रावधानको प्रयोग गर्दै कार्कीलाई नियुक्त गर्ने भएका हुन्। राष्ट्रपति कार्यालयले स्रोतले स्पष्ट पारेको छ “संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हो भन्ने धारामा अडिग रही यो कदम चालिएको हो।”
यसअघि राष्ट्रपति पौडेलले बिहीबार दिनभर, मध्यराति हुँदै शुक्रबार बिहान २ बजेसम्म प्रमुख दलका शीर्ष नेताहरू—नेपाली कांग्रेसका पदाधिकारीहरू पूर्ण बहादुर खड्का गगन थापा, विश्व प्रकाश शर्मा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड , एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल —सहितका शीर्ष नेतासँग गहन छलफल गरेका थिए। संविधानविद् भीम अर्जुन आचार्य, चन्द्रकान्त ज्ञावली, विपिन अधिकारी, ललित बस्नेत, काठमाडौं महानगरपालिकाका मेयर बालेन साह, कानुनी सल्लाहकार ओम प्रकाश अर्याललगायतसँग समेत राष्ट्रपति निरन्तर परामर्शमा बसेका थिए।
अस्पतालमा उपचाररत नेपाली कांग्रेस सभापति शेरबहादुर देउबासँग समेत राष्ट्रपतिले टेलिफोनमार्फत संवाद गरी सहमति जुटाएका थिए।
अन्ततः सबै पक्षको सहमति र जेन–जी समूह , काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहको राय सुझावका आधारमा राष्ट्रपति पौडेलले सुशीला कार्कीलाई नयाँ सरकारको नेतृत्वका लागि प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्।
यससँगै नेपालको राजनीतिक परिदृश्यमा नयाँ अध्याय सुरु भएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




