रूपन्देहीको प्रतिनिधिसभा चुनाव स्वत: रद्द
काठमाडौं। प्रतिनिधि सभाको विघटनसँगै रुपन्देही–३ को उपनिर्वाचन स्वतः रद्द भएको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार साविकको प्रतिनिधि सभा सदस्यको बाँकी कार्यकालका लागि उपनिर्वाचनको मिति तोकिएको भएकाले विघटनसँगै सबै कार्यक्रम रद्द भएको हो।
आउँदो कात्तिक १७ गते रुपन्देही–३ मा उपनिर्वाचन तोकिएको थियो। राप्रपाका सांसद दीपक बोहराको निधनपछि उक्त स्थान रिक्त थियो।
मनाङमा प्रदेश सभा सदस्यका लागि क्षेत्र नं २ मा हुन लागेको निर्वाचन तालिका भने यतावत् रहेको भण्डारीले बताए। उक्त क्षेत्र दीपक मनाङ भनिने दीपक गुरुङ ज्यान मुद्दामा दोषी ठहर भएपछि खाली भएको थियो।
‘प्रतिनिधि सभा मात्र विघटन भएको हो। प्रदेश सभा त जीवित छ नि,’ भण्डारीले नेपालखबरसँग भने, ‘प्रदेश सभा सदस्यका लागि उपनिर्वाचनको कार्यक्रम यथावत् छ।’
अन्तरिम सरकारको प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नियुक्त भएसँगै शुक्रबार प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गते आम निर्वाचनको मिति घोषणा गरिएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रूपन्देही १ : रास्वपाका सुनिल लम्साल विजयी
काठमाडौँ। रूपन्देही क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुनिल लम्साल भारी मतान्तरले विजयी भएका छन्।...
कपिलवस्तु ३ : कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मतसहित विजयी
काठमाडौं। कपिलवस्तु क्षेत्र नं ३ को मतगणना सम्पन्न भएको छ। महाराजगन्ज नगरपालिका, विजयनगर गाउँपालिका, कृष्णनगर नगरपालिका र शिवराज नगरपालिका...
निर्वाचनपछिको समीक्षाको खास काम छैन : गोकुल बास्कोटा
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बास्कोटाले निर्वाचनपछिको समीक्षाको खास काम नभएको बताउनुभयो। उहाँले आज सामाजिक सञ्जालमार्फत तर पनि यसले...
हारे पूर्वप्रधानमन्त्री माधव नेपाल, रास्वपा चौधरी टहट क्षेत्र नम्बर रौटहट १ बाट विजयी
काठमाडौँ। रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी...




