भाटभटेनी लुटेको आरोपमा शिक्षकको जागिर खोस्यो
काठमाडौं। बुटवलको भाटभटेनीबाट जेन–जीको आन्दोलनको नाममा चोरी गर्ने शिक्षकलाई कालिका मानवज्ञान स्कुलले जागिरबाट हटाएको छ । शनिबार एक सूचना जारी गर्दै स्कुलले यसबारे जानकारी दिएको छ ।
‘मिति २०८२ साल भदौ २४ गते भएको Gen-Z को प्रदर्शनमा यस विद्यालयका शिक्षक शिवशङ्कर शुक्ला सहभागी भई बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा समेत संलग्न रहेको देखिएकाले विद्यालयको आचरण संहिता तथा नियमविपरीत कार्य गरेको ठहरिएकाले निज शिक्षकलाई आजैको मितिदेखि लागू हुनेगरी विद्यालयबाट हटाइएको व्यहोरा जानकारी गरिन्छ’, स्कुलका प्रधानाध्यापक दिनेश थापाले जारी गरेको सूचनामा भनिएको छ ।
यो सूचना अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । धेरैले विद्यालयले ठीक गरेको र अन्यत्र पनि यसै गरिनुपर्ने बताएका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
कोशी प्रदेशसभामा उठ्यो बलात्कारीलाई फाँसी दिनुपर्ने विषय
काठमाडौं। कोसी प्रदेश सभाको अनिश्चित बनेको प्रदेश सभाको बैठक सुरु भएको छ। दोस्रो प्रदेश सभाको आठौँ अधिवेशनको सातौँ बैठकमा...
देशभर अस्पतालको सर्वेक्षणको तयारी
काठमाडौँ। राष्ट्रिय तथ्यांक कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको तयारी गरेको छ। देशभरका निजी स्वास्थ्य संस्थाले मुलुकको कुल...
झनै घट्यो सुनको भाउ
काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ। सुन तोलामा रु सात हजार ८०० र चाँदी रु...
देशका धेरै ठाउँमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा
काठमाडौँ। मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा गएराति र साँझ हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ। हुरी...




