बृहत कोरिया शैक्षिक मेला–२०८२ सम्पन्न, एक रिपोर्ट (भिडियोसहित)
काठमाडौं। कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान)को आजोजनामा कोरियामा अध्ययन गर्न चाहने विद्यार्थी लक्षित बृहत कोरिया शैक्षिक मेला–२०८२ भब्यताका साथ सम्पन्न भएको छ। नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भदौ २१ गते शनिबार भएको मेलामा दुई हजार भन्दा बढी विद्यार्थीले अवलोकन गरेका थिए। सो कार्यक्रमको उद्घाटन शत्रदेखि कसले के बोल्नुभयो? खबरसेवाले भिडियो सहित उद्घाटन शत्रको एक रिपोर्ट बनाएको छ।

गणेश शर्मा
संस्थापक अध्यक्ष
कोरिया शैक्षिक परामर्श संघ नेपाल (केक्यान)
उच्च शिक्षा लागि विदेश मात्रै गन्तब्य नभई नेपालमा पनि विदेशी विद्यार्थी आएर अध्ययन गर्न सक्ने प्रशस्त आधारहरु छन् | नेपालमा पनि उच्च शिक्षा अध्यन गर्नको लागि बिदेशी बिद्यार्थी ल्याउन सकिने कुरा काठमाडौँ विश्वविद्यालयले प्रमाणित नै गरिसकेको छ।हामी कन्सल्टेन्सीहरु पनि नेपाली विद्यार्थीलाई विदेश पठाउने मात्रै होइन राम्रो शिक्षा नेपालका विश्वविद्यालय दिन सक्ने हो भने विदेशी विद्यार्थीलाई नेपालमा ल्याउन पनि तयार छौं। यस मेलाको बारेमा कुरा गर्दा हामीले पन्ध्र सयदेखि दुईहजार विद्यार्थीले यस मेला अवलोकन गर्ने हामीले अनुमान गरेका छौं। यहाँ विद्यार्थीले विभिन्न विधामा १० देखि १०० प्रतिशतसम्म छात्रवृति पाउनुहुन्छ। यो शैक्षिक प्रदर्शनी एउटा सुनौलो अवसर हो।

माननीय देवेन्द्र पौडेल
पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री
नेपालको शिक्षा प्रणालीमा कुनै भविष्य नभएर बाहिर जाने सोच युवामा मात्रै नभई कलाकार, विज्ञ, पत्रकारको पनि मानसपटलमा छाएको छ। तर आजको विश्व फरक प्रवृतिको भएकाले संसारमा भएका सम्भावना खोज्न कोही पनि युवा बाहिरिन सक्छन्। राम्रो र योग्य विश्वविद्यालयमा विद्यार्थी जान खोज्छ भने राज्यले सहयोग गरेर पठाउनुपर्छ। तर, बाहिरिएका युवालाई पुन: नेपाल फर्काउन आर्थिक पक्षमा पनि जोड दिनुपर्ने हुन्छ। यस सन्दर्भमा स्वास्थ्य ,शिक्षा र रोजगारी तिनै पक्षलाई समेटेर अगाडी बढे मात्र राज्यलाई फाइदा पुग्छ। बाहिर उच्च शिक्षाको लागि पठाउने संघ संस्था बागबजार र पुतलीसडकमा मात्र बोर्ड राखेर बस्ने मात्रै होइन। सुव्यवस्थित तरिकाले संचालन गर्न र योग्य तथा आधुनिक विश्वविद्यालयमा पठाउनुहोस्। त्यसैगरी विदेशी विद्यार्थीलाई नेपाली विश्वविद्यालयमा ल्याउन पनि यहाँहरुको महत्वपूर्ण भूमिका हुनुपर्छ। अन्त्यमा युवा विद्यार्थीलाई नेपालमा सम्भावना र सपना भएको देश भएकाले देश बनाउने जिम्मेवारी युवा पुस्ताले लिनुपर्छ।

शुप्रभात भण्डारी
अध्यक्ष,नेपाल अभिभावक महासंघ
यस केक्यान फेयरले धेरै विद्यार्थी र अभिभावकलाई लाभ पुर्याउने मैले अपेक्षा गरेको छु। हामीले शैक्षिक क्षेत्रमा भएका र रहि आएका विकृतिलाई हटाउने र चिर्दै जानुपर्ने जानुपर्नेछ। ब्रेनगेन गर्नका लागि हामी सबैले पहल गर्नुपर्ने र सबै मिलेर देश को विकासमा लाग्नुपर्ने छ।

उद्वव प्याकुरेल
सह-प्राध्यापक , कार्यवाहक निर्देशक (डीन)
ग्लोबल इन्गेजमेन्ट डिभिजन, काठमाडौैं विश्वविद्यालय
काठमाडौं विश्वविद्यालयमा करिब २७ जना ग्रजुयेट विद्यार्थीमा पनि १३ प्रतिशत विद्यार्थी विदेशी पढेको पाइएको छ। नेपालमा अध्ययन गर्न आएका विदेशी विद्यार्थीलाई पनि कोरोनाले गर्दा फर्कनुपर्ने अवस्था देखा परेको थियो। त्यसपश्चात पनि काठमाडौं विश्वविद्यालयबाट ५६ देशका विद्यार्थी आएर स्नातकोत्तर गरिसकेका छन्। परामर्शदाता संस्थासँग हामी पनि सहकार्य गर्न तयार छौं। नेपालकै विद्यार्थी वा विदेशी विद्यार्थी नेपालमा अध्ययनका लागि ल्याउन यहाँहरुले भूमिका खेल्ने अपेक्षा छ।

राजेन्द्र बराल
अध्यक्ष, नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघ
म इक्यानको महासचिव हुँदा सबैभन्दा पहिलो नेपाली शैक्षिक मेला २० वर्ष पहिले एभरेष्ट होटेल बानेश्वोर बाट सुरुवात भएको थियो। त्यति खेर माओवादी द्वन्दले गरेर माहोल त्यति सहज थिएन। तथापी हामी पछाडि हटेनौं। त्यसपछी नेपालमा शैक्षिक मेलाको ट्रेन्डको सुरुवात भएको थियो । अहिले कोरियालाई मात्र लक्षित गरेर शैक्षिक मेला आयोजना भएको देख्दा मलाई खुसी लागेको छ। हामीले अब ब्रेनड्रेनमा मात्र नभई ब्रेनगेनमा पनि ध्यान पुर्याउनुपर्छ।

विष्णु खड्का
अध्यक्ष, कोरिया शैक्षिक परामर्श संघ नेपाल
केक्यानमा आबद्ध भएका संस्थाले विद्यार्थी र अभिभावकलाई वास्तविक सूचना दिनको लागि यो शैक्षिक मेलाको आयोजना गरेको हो। यस मेलामा कोरियामा अध्ययन गर्न जाने विद्यार्थीले लाभ लिनेछन्। छात्रवृत्ति पनि प्राप्त गर्नेछन्। साथै हामीले काठमाडौं विश्वविद्यालयसँग गरेको साझेदारी पनि गरेका छौं। फेयर संचालकको घोषणा संगै सबै परामर्शदाताहरु उत्साही हुँदै छोटो अबधिमा नै स्टल बुक गर्नुभएको थियो। यो मेला सफल भएपछि आगामी दिनमा अरू मेलाहरु आयोजना गर्न समेत हामीलाई प्रेरणा मिलेको छ भनेर बताउनुभयो
ताजा अपडेट
-
१.
करेन्ट लागेर बकैयाका वडा सदस्य गोलेको मृत्यु
-
२.
आयात बढ्दा पनि ग्यास अभाव कायमै
-
३.
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
-
४.
जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न काँग्रेसद्वारा सरकारको ध्यानाकर्षण
-
५.
जापानी अपराधीद्वारा जबरजस्ती घुसपैठ गरिएको विषयमा चिनियाँ दुतावासको विरोध
ट्रेन्डिङ
सम्बन्धित समाचार
शिक्षालाई प्राथमिकता दिन हिसानको माग
काठमाडौँ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) ले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन प्रयोजनाका लागि तयार...
आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्नुस्ः उपकुलपति अर्याल
काठमाडौँ। त्रिभूवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालले क्याम्पसहरूलाई आम्दानीको पाँच प्रतिशत बजेट अनुसन्धानमा खर्च गर्न आग्रह गर्नुभएको छ।...
काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयमा बालबालिका भर्ना उल्लेख्य वृद्धि
काठमाडौँ। विगतका वर्षहरूमा भन्दा आगामी शैक्षिक सत्रका लागि काठमाडौँ महानगरपालिकाको सामुदायिक विद्यालयमा भर्ना हुन आउने नयाँ बालबालिकाको सङ्ख्यामा उल्लेख्य...
यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि
काठमाडौँ। यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज चैत १९ गतेदेखि...




