मुख्य समाचार

ध्वस्त संरचना निर्माणका लागि रास्वपाले अभियान चलाउने

काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौ २४ गते प्रदर्शनका क्रममा ध्वस्त भएका सरकारी भवनहरूको पुनर्निर्माण गर्न श्रमदान अभियान चलाउने भएको छ।

केन्द्रीय र्‍याट समन्वय विभाग प्रमुख बैकुण्ठ थापाले विज्ञप्ति जारी गर्दै  सडक तथा सार्वजनिक यातायात सहज बनाउन प्रहरी प्रशासनसँग सहकार्य गरी ट्राफिक स्वयंसेवक सेवा सञ्चालन पनि गर्ने बताएका छन्।

‘आन्दोलनका क्रममा तोडफोड, आक्रमणका कारण धेरै सार्वजनिक भवनहरू ध्वस्त भएका छन् र सडक यातायातमा ठूलो अवरोध सिर्जना भएको छ। यस्ता घटनाले समाजमा तनाव बढाउनुका साथै दैनिक जनजीवन कठिन बनाएको छ। यस गम्भीर अवस्थालाई सम्बोधन गर्न, हाम्रो केन्द्रीय र्‍याट समन्वय विभागले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै, सबै समितिका पदका सदस्यहरूलाई विभिन्न स्वयमसेवी कार्यमा सक्रिय सहभागिताको लागि आह्वान  गर्दछौं,’ थापाले विज्ञप्तिमार्फत भन्नुभएको छ।

सम्बन्धित समाचार

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...

निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने

निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि...

निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ

निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ

काठमाडौं। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरू चैत्रको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ ।...

लगातारको तेस्रो सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित

लगातारको तेस्रो सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ । आज नेप्से...