प्रदेश

कैलालीमा २२६ कैदीबन्दी कारागार फर्किए

कैलाली। कैलाली कारागारबाट भागेका २२६ जना कैदीबन्दी कारागार फर्किएका छन् । गत भदौ २४ गते ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा कारगारबाट भागेका कैदीबन्दी फर्किएका हुन्। हालसम्म २७ महिला र १९९ पुरुष कैदीबन्दी कारागार फर्र्किएका जिल्ला कारागार कार्यालयका प्रमुख चिरञ्जीवी सापकोटाले जानकारी दिनुभयो । उहाँले केही कैदबन्दी भागेको भोलिपल्ट नै सम्पर्कमा आएका बताउनुभयो।
फर्किएकामध्ये अधिकांश आफैँ सम्पर्कमा आएका र केहीलाई प्रहरीले टीकापुर क्षेत्रबाट पक्राउ गरी बुझाएको उल्लेख गर्दै उहाँले कैदीबन्दी फर्कने क्रम जारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कारागार व्यवस्थापन विभागले पनि कैदीबन्दीलाई कारागार फर्कन आह्वान गरेको छ । हामीले पनि सूचना जारी गरेका छौँ । प्रहरीले पनि खोजीकार्य जारी राखेको छ । छिट्टै सबै कैदीबन्दी फर्किने विश्वास छ ।”
कैलाली कारागारमा ५८ महिलासहित ६६७ जना कैदीबन्दी रहेका थिए । ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा ६६६ कैदीबन्दी भागेका कारागार प्रशासनले जनाएको छ । अझैँ ४४१ जना कैदीबन्दी कारागार बाहिर रहेका प्रमुख सापकोटाले जानकारी दिनुभयो ।

सम्बन्धित समाचार

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर। कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु...

सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ

सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ

काठमाडौँ। मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि...

धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ

धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ

धनुषा. धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन...