प्रदेश

कर्णालीमा सरकारी तथा निजी १९ संरचना पूर्णरूपमा क्षतिग्रस्त

कर्णाली। कर्णाली प्रदेशमा सरकारी तथा निजी १९ वटा भौतिक संरचना पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। भदौ २४ गते ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडले प्रदेशभरिका संरचनामा ठूलो क्षति पुर्‍याएको हो।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख, प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार कर्णाली प्रदेशसभा, नापी कार्यालय, प्रदेश कोष तथा नियन्त्रण कार्यालय, मुख्यमन्त्री निवास, वीरेन्द्रनगर नगरपालिका–२, ३, ६ र ११ नं वडा कार्यालय पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।

उहाँले थप जानकारी दिनुभयो, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, उनका भाई डम्बर खड्का, मुख्यमन्त्री यामलाल कँडेल, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, उपप्रमुख नीलकण्ठ खनालको घर पनि पूर्णरूपमा क्षतिग्रस्त भएका छन्। त्यस्तै, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पार्टी कार्यालयहरूमा पनि पूर्ण क्षति पुगेको छ।

जुम्लामा भने नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पार्टी कार्यालयमा क्षति पुगेको प्रहरी नायब महानिरीक्षक श्रेष्ठले जानकारी दिनुभयो। प्रदेशभरि १९ वटा भौतिक संरचना पूर्णरूपमा क्षतिग्रस्त भए भने १५ वटामा आंशिक र ५ वटामा सामान्य क्षति पुगेको छ।

प्रहरीको तथ्याङ्कअनुसार ठूलो गाडी १४, मोटरसाइकल १२ र एउटा ट्याम्पुमा क्षति पुगेको छ। आर्थिक क्षतिको विवरण पाउन केही समय लाग्ने बताउँदै उहाँले प्रदर्शनका क्रममा १३ सर्वसाधारण र तीन प्रहरी गरी १६ जना घाइते भएको उल्लेख गर्नुभयो।

 

सम्बन्धित समाचार

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर। कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु...

सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ

सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ

काठमाडौँ। मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि...

धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ

धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ

धनुषा. धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन...