विष्णु पौडेलद्वारा क्षमायाचना, हिंसात्मक गतिविधि चलाउनेलाई कारबाहीको माग
काठमाडौं। नेकपा (एमाले) का नेता तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतमा नेकपा एमालेले गरेका निर्णय र कार्यका बारेमा गम्भीर समीक्षा हुने बताउँदै व्यक्तिगत रूपमा आफ्ना कमजोरी र भूलप्रति क्षमायाचना गर्नुभएको छ।
संविधान दिवसको अवसरमा जारी शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, ‘जनताको, विशेषगरी युवा पुस्ताको आकांक्षा, असन्तुष्टि र आक्रोशलाई सम्बोधन गर्न नसक्नु, भ्रष्टाचार नियन्त्रण र सुशासनमा अपेक्षित सुधार गर्न नसक्नु नै जेन्जी आन्दोलनका प्रमुख कारण हुन् ।’
जेन्जी आन्दोलनका शहीदप्रति श्रद्धाञ्जली अर्पण तथा शोकाकुल परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले आन्दोलनका क्रममा भएको हिंसा, हत्या, तोडफोड र आगजनीको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न र क्षतिग्रस्त सार्वजनिक तथा निजी संरचनाको तत्काल पुनर्निर्माण गर्न सरकारसँग माग पनि गर्नुभएको छ। उहाँले आन्दोलनका क्रममा भएको हिंसात्मक गतिविधि निन्दनीय भएको दोहोर््यााउनुुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...
निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि...
निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ
काठमाडौं। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरू चैत्रको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ ।...
लगातारको तेस्रो सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ । आज नेप्से...




