पार्टी रूपान्तरणको खाँचो छ : तोसिमा कार्की
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा.तोसिमा कार्कीले पार्टीलाई तत्काल रूपान्तरण गर्नुपर्ने बताउनुभएको छ। उहाँले पार्टीलाई जनताले ठूलो आशा र भरोसाका साथ हेरेको भए पनि पछिल्ला घटनाक्रमका कारण केही प्रश्न उठ्न थालेको भन्दै संगठनलाई पुनःमूल्यांकन र पुनर्संरचना गर्नुपर्नेमा जोड दिनुभएको हो।
संस्थापक सभापतिमार्फत कार्यवाहक सभापतिलाई सम्बोधन गर्दै कार्कीले पेस गरेको पत्रमा रास्वपालाई ‘नयाँ नेपाल निर्माण गर्ने यात्रामा मुख्य शक्ति’ बनाउन तत्काल सुधारका कदम चाल्नुपर्ने धारणा राख्नुुभएको हो।
उहाँले भन्नुभयो, ‘जेनजी मात्रै होइन, जेन अल्फासहित सबै पुस्ता, सबै जातजाति, भाषा, भौगोलिक क्षेत्रका बासिन्दा र वर्गका पीडा तथा अपेक्षालाई सम्बोधन नगरी राष्ट्रलाई अघि बढाउन सकिँदैन।’
डा.कार्कीले जेनजीको आह्वानमा भएको तेस्रो जनआन्दोलनले नेपाललाई पुरानै अवस्थामा रहन नदिएको उल्लेख गर्दै राजनीतिक दलहरूले पनि पुरानो सोच चिर्दै सुधारात्मक परिवर्तनको बाटो लिनुपर्नेमा जोड दिनुभएको हो।
उहाँको भनाइमा देशको वर्तमान र भविष्यलाई नेतृत्व दिन सक्ने राजनीतिक शक्ति निर्माण आजको अपरिहार्य आवश्यकता हो। त्यसका लागि पार्टी नेतृत्व, सिद्धान्त, नीति, कार्यक्रम सबै आयाममा पुनरावलोकन र पुनर्संरचना गरेर मध्यममार्गी राजनीतिक शक्ति निर्माणको उपयुक्त समय यही हो।
डा.कार्कीले पार्टीभित्रै अर्थपूर्ण रुपान्तरणको प्रक्रिया तत्काल सुरु गर्न माग गर्नुभएको छ। साथै, अन्य राजनीतिक दल, विचार समूह र स्वतन्त्र व्यक्तिहरूसँग वार्ता गरी जेनजी आन्दोलनले उठाएका आकांक्षालाई संस्थागत गर्ने राजनीतिक शक्ति निर्माणमा रास्वपाले अग्रसर हुनुपर्नेमा जोड दिनुभएको हो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...
निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि...
निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ
काठमाडौं। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरू चैत्रको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ ।...
लगातारको तेस्रो सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ । आज नेप्से...




