मुख्य समाचार

भ्रष्टाचार ,कुशासन र मनपरीतन्त्रले सिमा नाघेपछि बिष्फोट :- कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचार ,कुशासन र मनपरितन्त्रले सिमा नाघेपछी आन्दोलन मार्फत विस्फोट भएको बताउनुभएको छ।

आज पार्टी आबद्ध किसान संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले भ्रष्टाचार विरुद्ध तत्काल प्रभाबकारी कदम नचाले अर्को आधिबेहरी आउने उहाँको दाबी थियो ।

उहाँले यो संविधानको विपक्षमा आफुहरुले मतदान गरेको स्मरण गर्दै
यो संविधान अझै सर्वस्वीकार्य र सबै नेपालीको साझा संविधान बन्न नसकेको टिप्पणी गर्नुभयो।

१० वर्षको राजनीतिक अभ्यास र अनुभवबाट पाठ सिकेर सबै नेपाली शक्ति र विचार अटाउने राजनीतिक प्रणाली निर्माण गर्न आबश्यक भएको भन्दै थापाले भ्रष्टाचार र कुशासनको अन्त्यको निम्ति हालै भएको जेन्जी आन्दोलनले परिवर्तनको ढोका खोलेको समेत बताउनुभयो।

सम्बन्धित समाचार

गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज साँझ पूर्वपश्चिम राजमार्गअन्तर्गत कालीगण्डकी...

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश

काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश भएको छ। सर्वोच्च अदालतका...

रुकुम पूर्वमा प्रचण्ड विजयी

रुकुम पूर्वमा प्रचण्ड विजयी

काठमाडौं। रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतान्तरले विजयी भएका छन् । अहिलेसम्म गणना भएको...

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

मोरङ ३ मा माटोसँग सुनिल शर्मा धेरै मतले पछाडि

विराटनगर। मोरङ प्रतिनिधिसभा क्षेत्र नम्बर ३ मा प्रारम्भिक मतगणनामा माटो श्रम संस्कृति पार्टीका उम्मेदवार आमिर मगर अग्रस्थानमा देखिएका छन्।...