मुख्य समाचार

जेन जीको आवरणमा हिंसा भड्काइयो, राष्ट्रिय सम्पतीको यसरी विध्वंश गरेर देशको विकास हुँदैनः विद्यादेवी भण्डारी

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेन जीको नाम अगाडि राखेर हिंसात्मक विध्वंश मच्चाउने गतिविधि भएको बताउनुभएको छ । शुक्रवार जेन–जी प्रदर्शनका क्रममा भएका घाइतेहरू भेट्न प्रहरी अस्पताल पुग्नुभएकी उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आन्दोलनबाट ठूलो क्षति भएको बताउँदै नेपाल प्रहरीलाई आत्मबल प्रदान गर्नुपर्ने पहिलो काम रहेको बताउनु भयो । उनीहरु बस्ने भौतिक संरचनाहरु बनाउनुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो । शान्तिपूर्ण ढंगले आफ्ना मागहरु राख्ने भन्दै आन्दोलनमा उत्रिएका जेन जीको आवरणमा हिंसात्मक विध्वंश मच्चाउने काम भएको बताउनु भयो । यसबारे राम्रोसँग अध्ययन हुनुपर्ने बताउनु भयो । राष्ट्रिय सम्पतीको यसरी विध्वंश गरेर देशको विकास नहुने जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल प्रहरीको ठूलो क्षति भएको छ । यसमा राज्यले समयमा नै हेरेर भौतिक व्यवस्थाका साथसाथै जुन ढंगले उहाँहरुलाई आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराउनुपर्छ । २३ गतेको घटना सामान्य रुपमा हेरेको हो । नयाँ पुस्ता जसलाई जेन जीको रुपमा परिभाषित गरेका छन् । उहाँहरु शान्तिपूर्ण ढंगले नै केही जिज्ञासा देखाउने भनेर लाग्नुभएको भन्ने बुझेको हो । त्यो स्थिति रहेन । उहाँहरुले पनि प्रशासनसँग पनि शान्तिपूर्ण रुपमा प्रदर्शन गर्छौं भनेपछि प्रशासनको पनि त्यति ध्यान गएन । तर जेन जीको नाम अगाडि राखेर हिंसात्मक विध्वंश मच्चाउने गतिविधि भयो । यसको राम्रोसँग अध्ययन अनुसन्धान गर्नुपर्छ । जे भयो यो एकदमै गलत भयो । शान्तिपूर्ण ढंगले आन्दोलनमा निस्किएकाहरुप्रति कसरी प्रहारहरु भयो त्यो पनि बुझ्नुपर्छ । कतापटिबाट शुरु भयो भन्नेकुरा । कसरी अचानक रुपमा आयो । राष्ट्रिय सम्पतीको यसरी विध्वंश गरेर देशको विकास चाँडै हुँदैन ।’

उहाँले आन्दोलनकारीका नाममा लुटपाट, आगजनी र तोडफोड भएको बताउनु भयो । आवेग, उत्तेजना भन्दा माथि उठेर राष्ट्रिय भावना र सर्वोपरी हित हुनेगरी काम गर्नुपर्ने बताउनु भयो । बदला र प्रतिशोधमा कोही जान नहुने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...

निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने

निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि...

निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ

निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ

काठमाडौं। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरू चैत्रको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ ।...

लगातारको तेस्रो सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित

लगातारको तेस्रो सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ । आज नेप्से...