विशेष महाधिवेशनबारे निर्णय गर्न छिटै पार्टी बैठक बस्छः कांग्रेस नेता रिजाल
काठमाडौँ। नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश रिजालले कार्यसम्पदान समितिको बैठकले गरेको निर्णयका आधारमा पार्टीलाई अगाडि बढाउने बताउनुभएको छ ।
पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । पार्टीको विशेष महाधिवेशन गर्ने/नगर्नेबारे निर्णय गर्न छिटै पार्टीको कार्यसम्पादन समितिको बैठक बस्ने उहाँको भनाइ छ । उहाँले जेन जी आन्दोलनको क्रममा नेपाली काँग्रेसजस्तो अग्रगामी र लोकतान्त्रिक पार्टीका संरचनामाथि भएको आक्रमण निन्दनीय भएको भन्दै खेद व्यक्त गर्नुभयो । उहाँले जेनजी पुस्ताको सहभागिता र उनीहरुको मागलाई सम्बोधन गर्नेगरी पार्टी अगाडि बढ्ने कुरामा आफूहरु गम्भीर रहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो नहुनुपर्ने भयो । पार्टीमाथि आक्रमण गर्नु सर्वथा निन्दनीय विषय हो । म यसको निन्दा गर्छु । विचार बोकेको पार्टी हो नेपाली काँग्रेस । अगामी दिनमा पार्टीको दोस्रो तहमा बसेका मान्छेहरुले सम्भावना त छँदैछ नि । अब पार्टीको पदाधिकारी, कार्यसम्पदान समिति लगायतको बैठक बस्छ बैठकले निकालेको निचोडका आधारमा हामी अगाडि बढ्छौं । विषेश महाधिवेशन गर्ने कि नगर्ने विषय पनि बैठकले नै निर्णय गर्छ । जेनजी पुस्ताको मागलाई पार्टीले सम्बोधन गर्नुपर्छ ।’
गत भदौ २३ र २४ मा भएको जेन—जी पुस्ताको आन्दोलनको क्रममा नेपाली काँग्रेसको केन्द्रिय तथा अधिकांश जिल्ला र प्रदेश कार्यालयहरुमा समेत व्यापक क्षति भएको छ । यससँगै पार्टीभित्र नेतृत्व हस्तान्तरण बहस चुलिएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...
निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि...
निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ
काठमाडौं। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरू चैत्रको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ ।...
लगातारको तेस्रो सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ । आज नेप्से...




