जेनजी आन्दोलनका मृतकप्रति श्रद्धाञ्जली दिँदै कांग्रेसद्वारा दीप प्रज्वलन
काठमाडौं। नेपाली कांग्रेसको काठमाडौं महानगर समितिको जेन जी आन्दोलनका क्रममा निधन भएकाहरुको शोकमा दीप प्रज्वलन गरेको छ । शनिवार साँझ रत्नपार्कस्थित शान्ति बाटिकामा भेला भइ काठमाडौं महानगर समितिले दीप प्रज्वलन गरी शोक व्यक्त गरेको हो ।
दीप प्रज्वलतन कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो । गत भदौ २३ र २४ गते देशभर भएको जेन जी आन्दोलनका क्रममा ७४ जनाको ज्यान गएको छ ।
सयौँ मानिसहरु उपचाररत छन् । आन्दोलनका मृतकको चीर शान्तिको कामना गर्दै समितिले दीप प्रज्वलन र श्रद्धाञ्जली अर्पण गरेको हो । सरकारले जेन जी आन्दोलनका क्रममा निधन भएकाहरुलाई शहीद घोषणा गरिसकेको छ ।
मृतकका परिवारलाई १५ लाख दिने निर्णय गरेको छ । जेन जीको आन्दोलन प्रतिनिधि सभाबाट निर्वाचित सरकार ढलेर अन्तरिम सरकार बनेको छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन गराउनुपर्ने म्याण्डेट छ । —न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा
सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...
निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि...
निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ
काठमाडौं। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरू चैत्रको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ ।...
लगातारको तेस्रो सर्किट ब्रेकपछि सेयर कारोबार स्थगित
काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ । आज नेप्से...




