चितवनमा ६ जनामा औलो रोगको सङ्क्रमण
चितवन। चितवनमा पछिल्लो समय ६ जनामा औलो रोग (मलेरिया) को सङ्क्रमण देखिएको छ। चालु आर्थिक वर्षको साउनयता जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये उनीहरूमा औलो पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
कार्यालयका अनुसार सङ्क्रमितमध्ये तीन जना भरतपुर महानगरपालिकाका, दुई जना खैरहनी नगरपालिकाका र एक जना राप्ती नगरपालिकाका हुन्। उनीहरूको उमेर ३४ देखि ४४ वर्ष समूहमा पर्छ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख डिनेश रुपाखेतीका अनुसार रोजगारीका सिलसिलामा विभिन्न देश तथा जिल्लाबाट फर्किएका व्यक्तिहरूमा औलो रोग देखिएको हो। “भारतबाट आएका चार, दक्षिण कोरियाबाट फर्किएका एक र सुनसरीबाट फर्किएका एक जनामा औलो रोगको सङ्क्रमण देखिएको हो,” प्रमुख रुपाखेतीले बताउनुभयो।
गत आर्थिक वर्षमा चितवनमा १० जनामा औलो रोग देखिएको थियो। विगत चार वर्षयता जिल्लामै बसोबास गर्ने व्यक्तिहरूमा भने यो रोग भेटिएको छैन।
विशेषज्ञहरूका अनुसार औलो रोग पोथी लामखुट्टेको टोकाइबाट सर्ने भएकाले लामखुट्टे नियन्त्रण र सचेतना नै यसको प्रमुख निवारण उपाय हो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा
काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...
निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु
महेन्द्रनगर। कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु...
सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ
काठमाडौँ। मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि...
धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ
धनुषा. धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन...




