प्रदेश

काभ्रेमा दसैँभर मालवाहक टिपर सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक। जिल्ला प्रशासन कार्यालय काभ्रेले दसैँभर जिल्लामा मालवाहक सवारी साधन टिपर सञ्चालनमा रोक लगाएको छ।

जिल्ला सुरक्षा समितिको भदौ ३० गतेको निर्णयअनुसार, असोज ६ देखि असोज २२ गतेसम्म टिपर सञ्चालन नगर्न जिल्ला प्रशासनले सार्वजनिक अपिल जारी गरेको हो। सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार यात्रु र सर्वसाधारणको जीवन सुरक्षा, सडक दुर्घटना न्यूनीकरण र सहज आवागमन सुनिश्चित गर्न टिपर सञ्चालन रोक लगाइएको हो।

यस अवधिभर नियम उल्लङ्घन गरी टिपर सञ्चालन गर्दा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार कडा कानुनी कारबाही हुने चेतावनी अपिलमा उल्लेख गरिएको छ। तर अत्यावश्यक सेवाका लागि प्रयोग हुने सवारीसाधनलाई भने नियमको दायरा बाहिर राखिएको छ।

काभ्रेपलाञ्चोकस्थित तीन प्रमुख राजमार्ग – अरनिको, बिपी र हेलम्बु तथा पनौती–बनेपा सडकखण्डबाट दैनिक करिब दुई हजार ५०० टिपर काठमाडौँलगायत स्थानमा आवतजावत गर्छन्। प्रशासनले विगत दुई वर्षदेखि सुरक्षित आवागमन सुनिश्चित गर्न राति मात्रै सञ्चालन अनुमति दिँदै आएको थियो।

 

सम्बन्धित समाचार

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा

काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु

महेन्द्रनगर। कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु...

सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ

सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ

काठमाडौँ। मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि...

धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ

धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ

धनुषा. धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन...