दैलेख अस्पतालमा बिरामीको बढ्दो चाप, भुइँमै राखेर उपचार
दैलेख। जिल्ला अस्पताल दैलेखमा बिरामीको चाप बढेसँगै शय्या (बेड) अभाव हुँदा बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपरेको छ।
विगत केही वर्षयता जीर्ण संरचनामा ६५ शय्या सञ्चालनमा ल्याइए पनि दैनिक १५० भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्। “संरचना अभावमा बेड राख्ने ठाउँ छैन, बिरामीलाई भुइँमा म्याट र कुर्सी राखेर उपचार गर्नुपर्ने बाध्यता छ,” जिल्ला स्वास्थ्य कार्यालय दैलेखका निमित्त प्रमुख मनोज विश्वकर्माले बताउनुभयो।
अस्पतालको नयाँ भवन निर्माण सुरु भएको चार वर्ष भए पनि अहिलेसम्म सम्पन्न हुन सकेको छैन। कर्णाली प्रदेश सरकारले रु १८ करोड २४ लाख लागतमा निर्माण भइरहेको उक्त भवन तीन वर्षमै सम्पन्न गर्ने सम्झौता भए पनि तोकिएको समयमा नबनिएको उहाँको भनाइ छ।
सघन सहरी तथा भवन निर्माण आयोजना जुम्लाले प्राविधिक पक्ष हेर्दै आएको र निर्माणमा संलग्न क्याराभान सुपरस्टार जेभी कम्पनीको लापरबाहीले भवन समयमा नबनेको आरोप छ। तर, निर्माण कम्पनीका सञ्चालक तारा शाहले विभिन्न कानुनी अल्झन र रुख कटानका कारण ढिलाइ भएको दाबी गर्नुभयो।
जिल्ला अस्पताल विकास समितिका अध्यक्ष क्षेत्रप्रताप सुवेदीले गत वर्ष जेठभित्र भवन निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि काम समयमै नभएको उल्लेख गर्नुभयो। उहाँका अनुसार अब बारम्बार म्याद थप्न सकिने अवस्था छैन।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा
काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...
निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु
महेन्द्रनगर। कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु...
सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ
काठमाडौँ। मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि...
धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ
धनुषा. धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन...




