मुख्य समाचार

अझै एक हप्ता नेपालमा मनसुन रहने: मौसम विभाग

काठमाडौं। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले सन् २०२७ सम्ममा सबै नेपालीमा विपद्जन्य पूर्वसूचना पु¥याउने लक्ष्य रहेको बताउनुभएको छ ।

काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रममा उहाँले यस्तो जानकारी दिनुभएको हो । विभागले जल तथा मौसमजन्य पूर्वानुमान र पूर्वसूचना दिने कार्यक्रम दैनिक रुपमा गरिरहेको उहाँले बताउनु भयो । विभाग, विश्व मौसम संगठन र कार्डबीच २०२७ सम्म सबै नेपालीमा विपद्जन्य पूर्वसूचना पुर्‍याउने कार्यको लागि सहकाय भएको उहाँले जानकारी दिनुभयो ।

सोही सहकार्यअनुसार काम गरिरहेको उहाँको भनाई छ । उहाँले विभागले प्रवाह गर्ने पूर्वसूचना र मौसम पूर्वानुमान,बाढी पूर्वानुमानमा बुझाईमा एकरुपता ल्याउनुपर्ने आवश्यकता देखिएको पनि बताउनु भयो । विभागको प्राविधिक भनाई र जनतामा प्रवाह हुने सूचनामा फरक पर्न जाँदा विभागमाथी प्रश्न उठ्ने गरेको उहाँले गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विभागले जल तथा मौसमजन्य पूर्वानुमान र पूर्वसूचना दिने हाम्रो दैनिक कार्यक्रम हो । यो हामीले दैनिक रुपमा गरिरहेका छौँ । यही कार्यक्रम अन्तर्गत हामी विश्व मौसम संगठनको पनि सदस्य राष्ट्र भएको हिसावले विपद्जन्य सूचना चाहीँ सबैमा पुग्नुपर्छ । २०२७ सम्मको टार्गेट चाहीँ अर्ली वार्मिङ फर अल भन्ने छ, त्यसमा सघाउ पु¥याउनको लागि विभाग, विश्व मौसम संगठन र कार्डबीच सहमति भएको छ ।’

महानिर्देशक जोशीले अझै एक हप्ता नेपालमा मनसुन रहने बताउनु भयो ।

सम्बन्धित समाचार

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने...

घट्यो नेप्से

घट्यो नेप्से

काठमाडौं । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो...

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको...

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...