मुख्य समाचार

जाँचबुझ आयोगद्वारा क्षतिको विवरण सङ्कलनको निर्णय

काठमाडौं ।  गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगले क्षतिको विवरण सङ्कलन गर्ने निर्णय गरेको छ। आयोगको संयोजकत्व पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले गरेका छन्।

बिहीबार जलवायु तथा अनुसन्धान विभाग, बबरमहलमा बसेको बैठकले आयोगले सरकारी कार्यालय, निजी क्षेत्र, उद्योगधन्दा र व्यक्तिगत सम्पतिमा भएको क्षतिको विवरण गृह मन्त्रालयमार्फत माग्ने निर्णय गरेको हो। आवश्यक परेमा विवरण आयोगमा आएर वा इमेलमार्फत पनि बुझाउन सकिने व्यवस्था गरिएको छ।

आयोगका संयोजक कार्कीका अनुसार, “आयोगले काम सुरु गरेकै दिन क्षतिको विवरण माग्ने निर्णय गरेको छ। सात जना कर्मचारी काममा खटाइएका छन्। घटनाको छानबिन गर्न गोलीसम्बन्धी विशेषज्ञ, सरकारी वकील र प्रहरी आवश्यक पर्छ, जुन सरकारलाई अनुरोध गरिनेछ। तोकिएको समय तीन महिनाभित्र आयोगको काम सम्पन्न गर्ने लक्ष्य छ।”

आयोगले क्षतिसम्बन्धी कागजात, श्रव्यदृश्य सामग्री र अन्य प्रमाणहरू आफ्नो कार्यालय वा इमेल ठेगाना sep8and9incident.ic@gmail.com मार्फत बुझाउन सकिने जनाएको छ।

यही असोज ५ गते मन्त्रिपरिषद्को बैठकले पूर्वन्यायाधीश कार्कीको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो। आयोगका अन्य सदस्यहरूमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी छन्। आयोगको कार्यअवधि तीन महिना तोकिएको छ।

भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको छ। अहिलेसम्म ७४ जनाको मृत्यु भइसकेको छ भने धनको क्षतिबारे विवरण सङ्कलन भइरहेको छ।

सम्बन्धित समाचार

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने...

घट्यो नेप्से

घट्यो नेप्से

काठमाडौं । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो...

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको...

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...