मुख्य समाचार

सञ्चारमन्त्री खरेलद्वारा सुझाव बैंक स्थापना

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सुझाव बैंक स्थापना गर्नुभएको छ। उहाँले जनताको आवाज सुन्ने र त्यसलाई प्राथमिकतामा राख्ने संस्कार विकास गर्न आवश्यक रहेको बताउनुभयो ।

‘मैले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेपछि बुझेँ– मन्त्रालयले जनताको आवाज सुन्ने र त्यसलाई प्राथमिकतामा राख्ने संस्कार विकास गर्न आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले मैले तपाईंहरूका समस्या, सुझाव र सल्लाह संकलन गर्न ‘सुझाव बैंक’ स्थापना गरेको छु ।’

उहाँले आफू सकेसम्म धेरै जनासँग भेटघाट गर्ने र समस्या सुन्ने र ग्रहण गर्ने योजनामा रहेको पनि बताउनुभयो । निर्वाचन गराउने, सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सरकारका प्रमुख प्राथमिकता भएकोले कतिपय अवस्थामा समय अभावका कारण भेटघाट असम्भव हुने मन्त्री खरेलले बताउनुभयो ।

सल्लाह इमेल ठेगाना minister@mocit.gov.np र ह्वाट्सएप नं ९८५१४१०१०१ दिन सकिनेछ ।

सम्बन्धित समाचार

फरार कैदी नियन्त्रणमा

फरार कैदी नियन्त्रणमा

सप्तरी। सुनसरीको झुम्का कारागारबाट फरार रहेका एक जना कैदीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । गत भदौ २३(२४ गते...

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

रास्वपा रुकुम पश्चिम सभापतिद्वारा राजीनामा

सुर्खेत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुकुम पश्चिममा उम्मेदवार रहेका मानबहादुर शाहीले चुनावमा पराजित भएपछि जिल्ला सभापतिबाट राजीनामा दिनुभएको...

निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने

निर्वाचन आचारसंहिता, २०८२’ आज रातिदेखि लागू नहुने

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गत माघ ४ गते राति १२ बजेदेखि...

निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ

निर्वाचन आयोगले भन्यो- चैत्रको पहिलो साताभित्र समानुपातिक सांसदलाई प्रमाणपत्र दिन्छौँ

काठमाडौं। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण कार्यहरू चैत्रको पहिलो साताभित्र सम्पन्न हुने जनाएको छ ।...