मुख्य समाचार

वेष्ट इन्डिजविरुद्धको सिरिज जितेकोमा नेपाललाई प्रचण्डले दिए बधाई

काठमाडौं। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ऐतिहासिक जितको लागि बधाई दिनुभएको हो।

दुई पटकको विश्वकप विजेता तथा टेस्ट मान्यता प्राप्त वेस्ट इन्डिजविरुद्धको त्रिदिवसीय सिरिजमा लगातार दुई खेल जित्दै सिरिज कब्जा गर्न सफल भएकोमा प्रचण्डले क्रिकेट टोलीलाई हार्दिक बधाई दिनुभयो।

उनले संकटको घडीमा आशा र उत्साह जगाउने यस प्रदर्शनले नेपालको छवि र गौरवलाई नयाँ उचाइमा पुर्‍याएको गएराति फेसबुकमा उल्लेख गर्नुभएको हो।

यस अवसरमा प्रचण्डले विगतमा आफू नेतृत्वको सरकारले प्राथमिकताका साथ अघि बढाएको रंगशालाहरूको पूर्वाधार निर्माणलाई अझ प्राथमिकताका साथ अघि बढाउन वर्तमान सरकारलाई ध्यानाकर्षण गराउनुभएको हो।

सम्बन्धित समाचार

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने...

घट्यो नेप्से

घट्यो नेप्से

काठमाडौं । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो...

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको...

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...