मुख्य समाचार

बाँगीखोला छेउमा मृत अवस्थामा भेटिए एक व्यक्ति

अर्घाखाँची। जिल्लाको सन्धिखर्क नगरपालिका –९ नौलापानी बाँगीखोला छेउमा मृत अवस्थामा एक व्यक्ति फेला परेका छन् । अर्घाखाँची सन्धिखर्क नगरपालिका ९ फेरबाङ शान्तिटोल बस्ने बर्ष ५३ को रेमबहादुर क्षेत्रीको शव फेला परेको हो ।

घरबाट गोठ बनाउने काठ लिन जान्छु भनि हिडेका अबेरसम्म घरमा नआएकाले खोज्दै जाँदा मंगलवार विहान खोलाको किनारमा मृत अवस्थामा क्षेत्री फेला परेको स्थानीयले बताएका छन् । शवलाई पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवश जिसिले जानकारी दिनुभयो । घटनाबारे अनुसन्धान गरिरहेको सूचना अधिकृत झलक शर्माले बताउनुभयो ।

सम्बन्धित समाचार

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने...

घट्यो नेप्से

घट्यो नेप्से

काठमाडौं । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो...

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल

काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको...

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो

काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...