पुल बनेपछि बढे पर्यटक
बागलुङ । बागलुङ नगरपालिका वडा नं. १ रामरेखादेखि पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङको अदुवाबारी जोड्ने ५ सय ६७ मिटर लामो र १ सय ३८ मिटर उचाईको ‘कालीगण्डकी सुनौलो झुला’ पुल । यो पुल बनेपछि बागलुङमा आन्तरिक तथा बाह््य पर्यटकको संख्या बढ्न थालेको छ ।
‘सिङ्गल स्पान’ प्रविधिमा संसारकै लामो दाबी गरिएको यो पुलसँगै बागलुङमा आधादर्जन अग्ला र लामा झोलुङ्गे पुल बनेका छन् । झोलुङ्गे पुलको विश्वविद्यालय भनेर परिचित बागलुङ जिल्लामा लामा–छोटा गरी ४ सय ५० झोलुङ्गे पुल छन् । ९ करोड २५ लाख रुपियाँमा कालीगण्डकी नदीमाथि निर्माण गरिएको ‘कालीगण्डकी सुनौलो झुला’ २०७७ सालमा सर्वसाधारणको लागि खुल्ला गरिएको थियो ।
पुललाई विश्वकै लामो दाबी गर्दै नगरपालिकाले गिनिज बुक अफ वल्र्ड रेकर्डमा दर्ता प्रक्रिया थाल्ने चर्चा गरिएपनि अहिले भने सेलाएको छ । यसअघि स्विट्जरल्याण्डमा ४ सय ९७ मिटर लामो सिङ्गल स्पानको झोलुङ्गे पुल विश्वकै सबैभन्दा लामो थियो । पछिल्लो समय ठूला नदी र खाँेचमा झुलुङ्गे पुल निर्माणको लहर चलेपछि बागलुङ झुलुङ्गे पुलसंगै लामा र अग्ला पुलको जिल्लाका रुपमा परिचित हुन थालेको छ ।
सिङ्गल स्पानको लामो कालीगण्डकी सुनौलो झुला बनेपछि त्यसले यहाँको पर्यटक क्षेत्रमा योगदान पु¥याएको छ । प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरको दर्शन गर्न आउने दशनार्थीदेखि पर्यटकले पुलको अवलोकन गर्दै रोमाञ्चित हुने गर्छन् । पुलमा आउने पर्यटकले बागलुङ बजारलाई चलायमान बनाएको छ । लामा पुलले यात्रा छोटिएको छ भने धार्मिक र आन्तरिक पर्यटकको प्रवद्र्वनमा समेत योगदान पु¥याएको होटल व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष अर्जुन चोखालको बुझाई छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने...
घट्यो नेप्से
काठमाडौं । यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज भने दोहोरो...
निजी क्षेत्रको विकासका लागि व्यवसायीबीच एकता आवश्यकः राजेन्द्र मल्ल
काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेन्द्र मल्लले मुलुकको आर्थिक विकास र निजी क्षेत्रका समस्या समाधानका लागि उद्यमी व्यवसायीहरूबीचको...
मकवानपुरमा डेंगु सङ्क्रमण बढ्यो
काठमाडौं । पछिल्लो समय मकवानपुरमा डेङ्गु सङ्क्रमण बढ्दै गएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको साढे...




