मुख्य समाचार

मौसम विभागले भन्यो : यी स्थानमा पर्नेछ भारी वर्षा

काठमाडौँ। हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको)  प्रभाव रहेको छ ।

आज दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यसैगरी, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहने महाशाखाले जनाएको छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका अधिकांश स्थानहरूमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन–चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा मधेश प्रदेशलगायत लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित समाचार

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु

बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु काठमाडौँ : बालेन नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा...

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

इरानविरुद्धको युद्ध अन्त्य गर्न अमेरिका र इजरायललाई राष्ट्र संघका प्रमुखको आग्रह

इरानविरुद्धको युद्ध अन्त्य गर्न अमेरिका र इजरायललाई राष्ट्र संघका प्रमुखको आग्रह

काठमाडौं। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राज्य अमेरिका र इजरायललाई इरानविरुद्धको युद्ध अन्त्य गर्न आग्रह गरेका छन्।...

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

दाङ। घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयकाअनुसार गएराति भएको दुर्घटनामा मोटरसाइकलमा...