पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
काठमाडौं। अविरल वर्षासँगै धादिङमा पृथ्वीराजमार्गका चार स्थानमा पहिरो खस्दा सडक एकतर्फी अवरुद्ध बनेको छ। जिल्ला प्रशासन कार्यालय धादिङले जारी गरेको सूचनामा थाक्रे गाउँपालिका–७ सातकिल्ला, गजुरी गाउँपालिका–५ घाटबेसी, गजुरी गाउँपालिका–६ जहरेखेत र बेनिघाट रोराङ गाउँपालिका–१० ज्वाङखोला क्षेत्रमा सडक माथिबाट पहिरो खसेर बाटो अवरुद्ध रहेको जनाएको छ।
सडकमा माटो र ढुंगामाटो पन्छाउने कार्य जारी रहे पनि हालसम्म सडक पूर्ण रूपमा खुल्न सकेको छैन। प्रशासनले अत्यावश्यक सेवा र काम परेको व्यक्तिहरूलाई स्थानीय सुरक्षा निकायसँग समन्वय गरी मात्र आवागमन गर्न आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको निर्णयअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट चल्ने लामो दूरीका सवारीसाधन र काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने सबै सवारीसाधन मिति असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको छ।
प्राधिकरणको अर्को निर्णय नभएसम्म यही व्यवस्था निरन्तर रहने प्रशासनले जनाएको छ।
ताजा अपडेट
-
१.
दक्षिण कोरियामा रहेका अमेरिकी सेनाले ‘थाड’ इन्टरसेप्टरहरू मध्यपूर्वमा सार्ने तयारी गर्दै
-
२.
मध्यपूर्वमा सैन्य गतिविधिहरू तुरुन्त रोक्न आह्वान गर्ने प्रश्ताव संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट पारित गर्न असफल
-
३.
प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी
-
४.
काँग्रेस सभापति थापाले पदबाट राजीनामा दिनुपर्छः जितजंग बस्नेत
-
५.
आवश्यक परे पानीजहाज नै भाडामा लिएर भएपनि नागरिकको उद्धार गर्न सरकार सक्षम रहेको स्पष्टोक्ति
ट्रेन्डिङ
सम्बन्धित समाचार
रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा
काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...
निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु
महेन्द्रनगर। कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु...
सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ
काठमाडौँ। मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि...
धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ
धनुषा. धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन...




