झापामा ४५० घर डुबानमा, उद्धार जारी
झापा। झापामा आएको बाढीले जिल्लाका ४५० घर डुबानमा परेको छ। असोज १८ गतेदेखिको अविरल वर्षाका कारण विभिन्न नदी–खोलामा आएको बाढी बस्तीमा पस्दा जनधनको ठूलो जोखिम देखिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो, “नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा उद्धार कार्य जारी छ। हालसम्म करिब १०० घरका मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकिएको छ।”
मेचीनगर नगरपालिका–६ स्थित कालीखोलामाथिबाट पानी बढ्दा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध भएको छ भने शिवसताक्षी नगरपालिका–१० स्थित सुकुना खोलाको बाढीले ह्युमपाइप बगाएर आवागमन अवरुद्ध भएको छ।
झापा गाउँपालिका–२ सुगाबथानमा ५६ घरधुरीका १४० जनालाई उद्धार गरी स्थानीय विद्यालयमा स्थानान्तरण गरिएको छ। त्यस्तै, शिवसताक्षी–४, ५, ६ र ७ मा माई खोलाको बाढीले ३५० घर प्रभावित भएका छन् र उद्धार कार्य जारी छ।
भद्रपुर नगरपालिका–५ का करिब २५ घर बाढीमा परेपछि बस्तीका मानिसहरू आफन्तकामा बसिरहेका छन्। मेचीनगर–१५ स्थित सतिघट्टा र ज्यामिरगढीकोबीचमा पर्ने बस्ती डुबानमा परेको हुँदा करिब २५ घर जोखिममा छन्। बाढीपीडितको उद्धार र स्थानान्तरण जारी रहेको प्रवक्ता खड्काले जानकारी दिनुभयो।
ताजा अपडेट
-
१.
दक्षिण कोरियामा रहेका अमेरिकी सेनाले ‘थाड’ इन्टरसेप्टरहरू मध्यपूर्वमा सार्ने तयारी गर्दै
-
२.
मध्यपूर्वमा सैन्य गतिविधिहरू तुरुन्त रोक्न आह्वान गर्ने प्रश्ताव संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट पारित गर्न असफल
-
३.
प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी
-
४.
काँग्रेस सभापति थापाले पदबाट राजीनामा दिनुपर्छः जितजंग बस्नेत
-
५.
आवश्यक परे पानीजहाज नै भाडामा लिएर भएपनि नागरिकको उद्धार गर्न सरकार सक्षम रहेको स्पष्टोक्ति
ट्रेन्डिङ
सम्बन्धित समाचार
रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा
काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...
निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु
महेन्द्रनगर। कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु...
सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ
काठमाडौँ। मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि...
धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ
धनुषा. धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन...




