मुख्य समाचार

मकवानपुरमा इभी माइक्रो दुर्घटना, १६ जना घाइते

मकवानपुर। मदन भण्डारी लोकमार्गअन्तर्गत बागमती गाउँपालिका-४ हरामीचोकमा आज बिहान इभी माइक्रो बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

सिन्धुलीबाट हेटौँडातर्फ आउँदै गरेको म.प्र.०२००१ ज ००७२ नम्बरको माइक्रो बसले भित्रि बाटोबाट हाइवेतर्फ निस्कँदै गरेको ना ५ प ५५५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करपछि माइक्रो अनियन्त्रित भई करिब १५ फिट तल खोल्सीमा खस्दा गाडीमा सवार यात्रु र मोटरसाइकल चालकसहित १६ जना घाइते भएका हुन्।

घाइतेहरूको स्थानीयले उद्धार गरी उपचारका लागि साम्भी पोलिक्लिनिक तथा सहकारी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिनुभयो।

सम्बन्धित समाचार

‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रस्ताव

‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रस्ताव

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले नेपालमा खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ ।...

अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ : अर्थमन्त्री वाग्ले

अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गरिने बताउनुभएको छ ।...

कति छ काठमाडौँको तापक्रम?

कति छ काठमाडौँको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वमानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको...

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने...