‘जेन जी आन्दोलनामा ३४ प्रतिशत फेक अकाउण्ट’
काठमाडौं। नेपालमा भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनमा करिब ३४ प्रतिशत नक्कली सामाजिक सञ्जाल खाता प्रयोग भएको एक अनुसन्धानले देखाएको छ। उक्त अध्ययनअनुसार अनलाइन संवादमा कृत्रिम बौद्धिकता (AI) र नक्कली प्रोफाइलहरूको प्रयोग गरेर आन्दोलनलाई अतिवादी र हिंसात्मक बनाइएको थियो।
इजरायलको तेलअभिभस्थित साइबर इन्टेलिजेन्स कम्पनी सायाब्रा (Cyabra) ले गरेको अनुसन्धानमा, नेपालमा भएको जेन–जी आन्दोलनमा वास्तविक प्रयोगकर्तासँग नक्कली खाता मिसिएर आन्दोलनलाई भड्काउने प्रयास गरिएको उल्लेख छ।
सायाब्राको प्रतिवेदनअनुसार “जेन–जी प्रोटेस्ट” र “वेकअप नेपाल” जस्ता ह्यासट्यागमार्फत आन्दोलनलाई चरम रूप दिने सामग्रीहरू नक्कली प्रयोगकर्ताबाट फैलाइएका थिए। अनुसन्धानले देखाएको छ कि आन्दोलनका लागि सामाजिक सञ्जालमा आह्वान गर्ने हरेक तीन खातामध्ये एक नक्कली रहेको थियो।
सायाब्रा सामाजिक सञ्जालमा नक्कली प्रोफाइल, समन्वित असक्कल व्यवहार र भ्रामक अभियान पत्ता लगाउने विश्वस्तरको कम्पनी हो। कम्पनीका अनुसार यी खाताहरूले हिंसात्मक र टकरावपूर्ण सामग्री बढावा दिएर एक्स (पूर्व ट्विटर), फेसबुक र टिकटकमा फैलाएका थिए।
जेन–जी आन्दोलन तीन “#Nepokid” ह्यासट्यागबाट सुरु भएको थियो, जसले राजनीतिक नेताका सन्तानको विलासी जीवनशैलीविरुद्ध आवाज उठायो। त्यसपछि भदौ २३ गते ‘शान्तिपूर्ण’ प्रदर्शनको आह्वान गरिएको थियो।
तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २६ सामाजिक सञ्जाल एपमाथि प्रतिबन्ध लगाएपछि आन्दोलन अप्रत्याशित रूपमा ठूलो भयो। हजारौं युवाले भ्रष्टाचार र जवाफदेहिताको माग गर्दै सडकमा उत्रिएका थिए।
सायाब्राको दाबीअनुसार, नक्कली खाताबाट फैलाइएको भ्रामक सन्देश विश्वभर ३२ करोडभन्दा बढी सम्भावित दर्शकसम्म पुगेको थियो। प्रदर्शनमा हिंसा भड्किएपछि ७५ जनाको मृत्यु र दुई हजारभन्दा बढी घाइते भएको थियो। अन्ततः प्रधानमन्त्री ओलीले राजीनामा दिएका थि
अनुसन्धानले समन्वित नक्कली खाताले कृत्रिम बुद्धिमत्ताद्वारा निर्मित भिजुअल (AI-generated visuals) प्रयोग गरेको, ह्यासट्यागहरू हाइज्याक गरी सक्कली प्रयोगकर्तासँग अन्तरक्रिया गरेर वैध देखाउने प्रयास गरेको देखाएको छ।
सायाब्राको अनुसार, यस्ता खाताहरूको उद्देश्य प्रदर्शनलाई अतिवादी रूपमा चित्रण गर्नु थियो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
क्लव छानबिनमा तानिएपछि रोकियो राष्ट्रिय लिग
-
४.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
५.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
सम्बन्धित समाचार
जनताको हित हुने कार्यमा सरकारलाई समर्थन गर्छौँ : सुहाङ नेम्वाङ
काठमाडौँ। नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले देश र जनताको हितमा हुने सबै निर्णयमा अब बन्ने सरकारलाई पार्टीले पूर्णरुपमा समर्थन...
ट्रम्पले भने- इरानसँगको द्वन्द्व लम्बिँदैन, चारदेखि छ हप्ताभित्र अन्त्य हुन्छ
इरानसँगको बढ्दो तनावबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धलाई लामो समयसम्म नलम्ब्याउने स्पष्ट संकेत दिएका छन्। उनले आफ्ना निकट सल्लाहकारलाई...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
दार्चुला केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौँ। आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको छ। बिहीबार बिहान ८ बजेर ३२ मिनेट जाँदा दार्चुलाको मुराइ आसपासको...




