चितवनमा बढी भाडा असुल्ने चालक र धनी कारबाहीमा
चितवन। काठमाडौं फर्कने यात्रुसँग अधिक भाडा असुलिएको गुनासोपछि स्थानीय प्रशासनले अनुगमन गरी कारबाही गरेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा भएको अनुगमनमा नारायणगढ पुलचोक, पोखरा बसपार्क र आँपटारीमा सडकमा जाँच गरिएको थियो। सो क्रममा बढी भाडा लिने ६ जना नियन्त्रणमा लिइएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गायत्री शर्माका अनुसार, यात्रुलाई बढी भाडाको टिकट दिएर कम रकम उल्लेख गरेर ठगी गर्ने सवारी चालक र धनीलाई कारबाही गरिएको छ। सो क्रममा २५ माइक्रोबसले उठाएको बढी भाडा फिर्ता गराइएको छ।
प्रमुख जिल्ला अधिकारी अर्यालले भने, “चलानीबिना सवारी चलाउने र बढी भाडा लिनेलाई सचेत गराइएको, जरिवाना लगाइएको र आवश्यक परेमा कालोबजारी ऐनअन्तर्गत कारबाही अघि बढाइएको छ।”
यातायात अनुगमन विशेष गरी दसैँको चाप बढेसँगै नियमित रूपमा सञ्चालन भइरहेको प्रहरी उपरीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो।
ताजा अपडेट
-
१.
दक्षिण कोरियामा रहेका अमेरिकी सेनाले ‘थाड’ इन्टरसेप्टरहरू मध्यपूर्वमा सार्ने तयारी गर्दै
-
२.
मध्यपूर्वमा सैन्य गतिविधिहरू तुरुन्त रोक्न आह्वान गर्ने प्रश्ताव संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्बाट पारित गर्न असफल
-
३.
प्रत्यक्षतर्फ ५ प्रतिशतभन्दा बढी मत बदर, मतदाता शिक्षाको शैली नै बदल्ने निर्वाचन आयोगको तयारी
-
४.
काँग्रेस सभापति थापाले पदबाट राजीनामा दिनुपर्छः जितजंग बस्नेत
-
५.
आवश्यक परे पानीजहाज नै भाडामा लिएर भएपनि नागरिकको उद्धार गर्न सरकार सक्षम रहेको स्पष्टोक्ति
ट्रेन्डिङ
सम्बन्धित समाचार
रौतहटमा लुटपाट गर्न खोज्ने दुई युवक नियन्त्रणमा
काठमाडौँ। रौतहटको गढीमाई नगरपालिका–९ चिल्मिलिया क्षेत्रमा लुटपाट गर्न खोज्ने दुई युवक पक्राउ परेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलैन्द्र थापाले...
निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु
महेन्द्रनगर। कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु...
सकियो मिथिला मध्यमिकी परिक्रमाः आस्था, इतिहास र आध्यात्मिक जागरणको महाकुम्भ
काठमाडौँ। मिथिलाको मुटु जनकपुरधाम यतिबेला भक्ति र श्रद्धाको केन्द्र बनेको छ । जानकीजीको जन्मस्थल सीतामढी नजिकैको पुण्डरी ऋषिको आश्रमदेखि...
धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ
धनुषा. धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन...




