यस वर्ष विपद्बाट ३ सय बढीको मृत्यु, ३३ बेपत्ता, ८ हजार बढी परिवार प्रभावित
काठमाडौं। २०८२ सालमा सरदर भन्दा बढी वर्षा हुने अनुमान मौसमविद्हरुले गरेका थिए । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार वर्षा यामका अन्य महिना भन्दा असोज महिनमा अत्याधिक वर्षा भयो । देशभरका पाँच स्थानमा वर्षाले रेकर्ड ब्रेक गर्यो ।
इलामको इलाम गाउँ, इलामकै इलाम टि—स्टेट, पर्साको वीरगञ्ज र रौतहटको गौरमा अति उच्च वर्षा भयो । जल तथा मौसम विज्ञान विभागकाअनुसार गत असोज १७ र १८ गतेको भीषण वर्षाले हिमाली गाउँको यसअघिको वर्षाको रेकर्ड ब्रेक गरेको हो । यसअघि हिमाली गाउँमा ३ सय २० दशमलव ६ मिलिमिटर वर्षा भएको थियो । तर यस वर्ष भने ३ सय ३२ दशमलव ६ मिलिमिटर वर्षा भयो । दोस्रो धेरै वर्षा भएको स्थान रौतहटको गौर हो । गौरमा यसअघि ३ सय १ दशमलव ५ मिलिमिटर वर्षा भएकोमा यस वर्ष ३ सय १५ मिलिमिटर वर्षा भएको छ । त्यस्तै धेरै वर्षा हुने स्थानको तेस्रो सूचिमा पर्साको वीरगञ्ज परेको छ । वीरगञ्जमा यस वर्ष २ सय ९४ दशमलव ५ मिलिमिटर वर्षा भएको छ । यसअद्धि वीरगञ्जमा २ सय ७३ दशमलव २ मिलिमिटर वर्षा भएको थियो । त्यस्तै इलामकै इलाम टि—स्टेटमा २ सय ८० मिलिमिटर वर्षा भएको छ । यसअघि त्यहाँ २ सय ७३ दशमलव २ मिलिमिटर वर्षा भएको थियो । यि चार वटै स्थानमा विगतको तुलनामा वर्षाले नयाँ रेकर्ड ब्रेक गरेको हो ।
८ हजार ५ सय ९५ परिवार प्रभावित
यस वर्षको वैशाख १ गतेदेखि असोज २० गतेसम्म विपद् सम्बन्धी ४ हजार १ सय ६४ वटा घटना भएका छन् । जसमा ३ सय ८ जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएका छन् । त्यस्तै घाईते १ हजार १ सय १३ जना रहेका छन् भने ८ हजार ५ सय ९५ परिवार प्रभावित भएका छन् ।
बाढीबाट ३१ जनाको गयो ज्यान
वैशाख १ गतदेखि असोज २० गतेसम्मको विपद्मा बाढीका ३ सय ७ वटा घटनामा ३१ जनाको मृत्यु भएको छ । त्यस्तै २३ जना बेपत्ता र १५ जना घाईते भएका छन् । बाढीबाट ३ हजार २ सय ९७ परिवार प्रभावित बनेका छन् ।
पहिरोका घटना ५ सय ३९ वटा
वैशाख १ गतदेखि असोज २० गतेसम्म पहिरोका घटना ५ सय ३९ रहेका छन् भने ६५ जनाको मृत्यु भएको छ । ९ जना बेपत्ता र ७७ जना घाईते भएका छन् भने ७ सय ५७ परिवार प्रभावित बनेका छन् ।
भारी वर्षाका ४०१ घटना
वैशाख १ गतदेखि असोज २० गतेसम्म भारी वर्षाका घटना ४०१ वटा रहेका छन् । जसबाट ७ जनाको मृत्यु भएको छ भने १८ जना घाईते भएका छन् । ९ सय ७८ परिवार प्रभावित बनेका छन् ।
चट्याङबाट ४५ जनाले ज्यान गुमाए
यस अवधिमा चट्याङबाट ४५ जनाले ज्यान गुमाएका छन् । ३ सय ४६ वटा घटनाबाट २ सय ५६ जना घाईते भएका छन् । त्यस्तै ४ सय २५ परिवार प्रभावित भएका छन् ।
सर्पदंशबाट ८७ जनाको मृत्यु
यस अवधिमा सर्पदंशका ४ सय ३९ वटा घटना भएका छन् । जसबाट ८७ जनाले ज्यान गुमाएका छन् भने ३ सय ५६ जना घाईते भएका छन् भने ४ सय ४५ परिवार प्रभावित भएका छन् ।
आगलागीका १ हजार ३ सय ८७ घटना
२०८२ को वैशाख १ गतदेखि असोज २० गतेसम्म आगलागीका १ हजार ३ सय ८७ घटना भएका छन् । जसबाट २४ जनाको ज्यान गएको छ भने १ सय ९१ जना घाईते भएका छन् । त्यस्तै १ हजार ५ सय १० परिवार प्रभावित बनेका छन् ।
डढेलोका १ सय ५८ घटना
यस अवधिमा वन—डढेलोका १ सय ५८ वटा घटना भएका छन् । जसबाट २ जना घाईते भएका छन् भने २७ परिवार प्रभावित भएका छन् ।
हावाहुरीका कारण ८ जनाले ज्यान गुमाए
सरकारकाअनुसार यस अवधिमा हावाहुरीबाट ज्यान गुमाउनेहरुको संख्या आठ रहेको छ । २ सय ८५ घटनामा ४४ जना घाईते भएका छन् । त्यस्तै ५ सय ४२ परिवार प्रभावित बनेका छन् ।
जनावर आक्रमणबाट २२ जनाको मृत्यु
यस अवधिमा जनावरको आक्रमणबाट मृत्यु हुनेको संख्या २२ रहेको छ । २ सय ३८ जनावर आक्रमणका घटनामा १ जना बेपत्ता र १ सय ८ जना घाईते भएका छन् । जनावर आक्रमणको घटनाबाट ३ सय ९५ परिवार प्रभावित छ ।
लेक लागेर १९ जनाको मृत्यु
२०८२ को वैशाख १ गतदेखि असोज २० गतेसम्म लेक लागेर १९ जनाको मृत्यु भएको छ । ६१ वटा घटनामा ४५ जना घाईते भएका छन् । लेक लागेर प्रभावित हुने परिवारको संख्या ५९ रहेको छ । ढुंगा पल्टिएर प्रभावित हुने परिवारको संख्या ५ रहेको छ भने २ वटा घटना भएका छन् । १ जना घाईते भएका छन् । त्यस्तै महामारीको घटना एउटा मात्रै छ । महामारीबाट १ सय ५५ परिवार प्रभावित छ ।
असोज १९ गते विपद्जन्य घटनाबाट ५३ जिल्ला प्रभावित
असोज १९ गते बिहान १० बजेदेखि २० गते बिहान १० बजेसम्म मात्रै बाढीबाट १५ जिल्ला प्रभावित बनेका छन् । ३९ वटा घटनामा एक जना बेपत्ता छन् भने ५ सय ५७ जनाको उद्धार भएको छ । ३ सय ७८ जना प्रहरी परिचालन गरिएको छ । त्यस्तै पहिरोबट १२ वटा जिल्ला प्रभावित भए । २१ वटा घटनामा १ जनाको मृत्यु भयो भने ३ जना घाईते भए । ३ सय १४ जना प्रहरी परिचालन गरिएको छ । त्यस्तै अविरल वर्षाबाट ५ जिल्ला प्रभावित थिए । ८ वटा घटनामा १ जनाको मृत्यु भयो भने १ घाईते र २१ जनाको उद्धार गरिएको छ । यस अवधिमा ५३ जिल्ला प्रभावित बने भने ९४ वटा घटनामा ४ जनाको मृत्यु भयो । त्यस्तै १ जना बेपत्ता भए भने १७ जना घाईते भएका छन् । यस अवधिमा ५ सय ७८ जनाको उद्धार गरिएको र ९ सय जना प्रहरी परिचालन भएको छ । यस अवधिमा १९ वटा पशुचौपायाको क्षति भएको छ भने १८ वटा सडक अवरोध र ६१ लाख ४३ हजार ५ सय अनुमानित क्षति भएको छ ।
ताजा अपडेट
-
१.
प्रतिनिधि सभाको पहिलो दिनको ‘बिजनेस’: तीन अध्यादेश, सभामुख र उपसभामुख निर्वाचन र बैठक सञ्चालन नियमावली पेश
-
२.
‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रस्ताव
-
३.
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा
-
४.
अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ : अर्थमन्त्री वाग्ले
-
५.
कस्तो रहला आजको मौसम?
ट्रेन्डिङ
सम्बन्धित समाचार
‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रस्ताव
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले नेपालमा खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ ।...
अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ : अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गरिने बताउनुभएको छ ।...
कति छ काठमाडौँको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वमानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको...
१६५ उम्मेदवारसँग चुनावी समीक्षा गर्न कांग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्दै संगठनलाई सुदृढ बनाउने उद्देश्यसहित देशव्यापी अभियान सुरु गर्ने...




