मुख्य समाचार

स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत निकास खोज्न आयोगको आग्रह

काठमाडौं। राष्ट्रिय मानवअधिकार आयोगले राजनीतिक दल र समूहलाई जनमतमा आधारित स्वच्छ राजनीतिक प्रतिस्पर्धा मार्फत राजनीतिक निकास खोज्न आग्रह गरेको छ। आयोगले नागरिक समाज, सञ्चारकर्मी र मानवअधिकारकर्मीलाई पनि सो कार्यमा सहयोग गर्न अनुरोध गरेको छ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले जारी प्रेस विज्ञप्तिमा भनेका छन्, “आगामी प्रदर्शनहरू मर्यादित र संयमित राख्न, अरुप्रति लक्षित घृणायुक्त अभिव्यक्ति बन्द गर्न, सामाजिक सद्भाव कायम राख्न र स्वच्छ राजनीतिक प्रतिस्पर्धामार्फत राजनीतिक निकासको प्रक्रियामा सहभागी हुन राजनीतिक दल र समूहलाई आयोग आग्रह गर्दछ।”

विज्ञप्तिमा आयोगले थप उल्लेख गरेको छ कि हिंसात्मक गतिविधि, नकारात्मक टीकाटिप्पणी र घृणायुक्त अभिव्यक्तिले सामाजिक सद्भाव खल्बलिने र राजनीतिक वातावरण धुमिल हुने भएकाले शान्ति सुरक्षा र विधिको शासनमाथि प्रतिकूल असर पर्न सक्नेछ।

आयोगले सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको संरक्षण, विधिको शासन कायम राख्ने र सामाजिक सद्भाव सुनिश्चित गर्दै राजनीतिक सङ्क्रमणकालीन अवस्थालाई जनमतमा आधारित स्वच्छ प्रतिस्पर्धामार्फत निकास दिनु राज्यको दायित्व भएको र त्यस प्रक्रियामा सहभागी हुनु आम नागरिकको कर्तव्य भएको पनि स्पष्ट पारेको छ।

सम्बन्धित समाचार

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

महेन्द्रनगर। एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई जनालाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र...

ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका...