जेनजी आन्दोलनपछि शीर्ष नेताहरुलाई क्षमायाचनासहित स्वेच्छिक अवकाशको सुझाव
काठमाडौं। जेनजी आन्दोलनपश्चात ३० जना नागरिक अगुवाहरुले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड-सहित शीर्ष नेताहरुलाई क्षमायाचनासहित स्वेच्छिक अवकाश लिन सुझाएका छन्।
साझा अपिलमा भनिएको छ कि विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलको नेतृत्वले हालको राजनीतिक परिस्थितिको नैतिक जिम्मेवारी लिएर राजीनामा दिनुपर्छ। यसले केवल दलको भविष्य मात्र नभई लोकतन्त्र र दलीय प्रणालीको दीर्घकालीन मजबुतीका लागि पनि आवश्यक रहेको उल्लेख छ।
अपिलमा राजनीतिक परिवेशको विशेषतामा ध्यान दिँदै सबै दलले अविलम्ब विशेष महाधिवेशन गरी नयाँ नेतृत्व चयन गर्नुपर्ने सिफारिस गरिएको छ। नागरिक अगुवाहरुले यस कदमले जनताको विश्वास फर्काउने र दलगत जिम्मेवारी सुनिश्चित गर्ने बताएका छन्।
ताजा अपडेट
-
१.
कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए
-
२.
खाडीमा द्वन्द्वको असर : उद्धार र सहायताका लागि ६६ हजार नेपालीले गराए नाम दर्ता
-
३.
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
-
४.
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
-
५.
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
ट्रेन्डिङ
सम्बन्धित समाचार
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...
नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ
महेन्द्रनगर। एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई जनालाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र...
ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका...




