संसद् पुनर्स्थापनको विकल्प छैन, कांग्रेस पनि यही बाटोमा उभिन्छ : ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशलाई सही बाटोमा ल्याउन असंवैधानिक ढङ्गले विघटन गरिएको संसद् पुनर्स्थापनाको माग लिएर अघि बढ्नुको विकल्प नभएको बताउनुभएको छ।
भक्तपुर पार्टी कमिटीले गुण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले संसद् विघटन फिर्ता गर्ने माग लिएर अघि बढ्ने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘मलाई विश्वास छ, कांग्रेसले पनि यही बाटोमा आफूलाई उभ्याउनेछ। अरू पार्टीहरू पनि यही बाटोमा अघि बढ्छन्। देशलाई लोकतान्त्रिक बाटोमा फर्काउन अरू बाटो छैन।’
उहाँले सुशीला कार्की नेतृत्वको सरकार संविधान अनुसार नबनेको दाबी गर्दै असंवैधानिक बाटोलाई समर्थन गरेर अघि बढे देश र संविधान अफ्ठेरोमा पर्ने बताउनुभयो।
‘अहिलेका प्रधानमन्त्रीले प्रधानमन्त्री बन्नका लागि शर्त राख्नुभयो- संसद् विघटन भएमात्रै बन्छु, नत्र देशमा जेन-जीले आगो बाल्छन् । लोकतन्त्रको जग भत्काउने शर्तमा प्रधानमन्त्री हुनुभयो’ उहाँले भन्नुभयो।
ओलीले यो सरकार नेपालीको होइन र अरू कसको हो भन्ने थाहा छैन भन्दै भन्नुभयो, ‘उहाँहरू एउटा खास उद्देश्यले काम गरिराख्नुभएको छ । कहिले केपी ओलीलाई पक्राउ गर्न राति ३ बजेसम्म बैठक गर्ने, कहिले केपी ओलीको पासपोर्ट रोक्ने अनि कहिले केपी ओलीलाई उपत्यका बाहिर जान नदिने यस्तो तमासा नगर्नू । यस्ता सडक तमासाले डराउने मान्छे होइन केपी ओली । सुशीला कार्कीको डरले भाग्छ केपी ओली ?’
उहाँले सुशीला कार्कीको डरले केपी ओली नभाग्ने बताउँदै अहिलेको गृहमन्त्रीको नाम आफूले गृहमन्त्री भएपछि मात्रै सुनेको भन्दै धेरै नचम्किन चेतावनी दिनुभयो ।
‘गृहमन्त्रीबारे त मैले भएपछि मात्र थाहा पाएँ । गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन चाहन्छु । राजनीति, देश चलाउने कुरा ख्याल ठट्टा होइन । बुझेर चल्न म सुझाव दिन्छु’, ओलीको भनाइ थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...
नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ
महेन्द्रनगर। एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई जनालाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र...




