डीआईजी बढुवामा १६ प्रतिस्पर्धी, आलम समाउने भुपेन्द्र पहिलो बरियतामा बढुवा हुने सम्भावना
काठमाडौं । नेपाल प्रहरीमा हाल रिक्त चार र कात्तिकमा रिक्त हुने एक गरी पाँचजना डीआईजी दर्जा खाली हुँदै छ। तर, प्रतिस्पर्धी भने ११२ टोलीका १५ जना र अघिल्लो बढुवामा छुटेका एसएसपी शारदा चौधरी प्रतिस्पर्धामा छन्। एकैलटमा बढुवा भएका तेब्बर बढी दाबेदार हुँदा पाँच जनाभित्र कसरी पर्ने भन्ने दौडधुप सुरु भएको छ।
यसअघि चार डीआईजीलाई एआईजीमा बढुवा गर्दा अघिल्लो बढुवाको वरियता नमिचिएका कारण डीआईजी बढुवा पनि त्यसरी नै हुने प्रहरीबीच अनुमान छ । यद्यपी अघिल्लो बढुवामा पहिलो बरियतामा रहेका विश्व अधिकारी भदौ २३ र २४ गते को जेनजी आन्दोलनका समयमा काठमाडौं जिल्ला परिसर प्रमुख थिए।
जेनजी आन्दोलनका दिन काठमाडौंको सुरक्षा सम्हालेका अधिकारी विरुद्ध गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको छानविनमा रहेकाले उनको बढुवा रोकिने सम्भावना छ। त्यसो हुँदा दोस्रो बरियताका भूपेन्द्र खत्रीसहित अन्य चार जनाले अवसर पाउनेछन्।

शक्तिकेन्द्रको बेवास्ता गर्दै बहालवाला सांसद मोहम्मद अफताब आलमलाई पक्राउ गरेका भुपेन्द्र खत्रीले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेको अनुभव छ । संगठनभित्र उच्च व्यावसायिक प्रहरी अधिकृतको छवि बनाएका खत्री हाल नेपाल प्रहरी शिक्षालय चितवनको प्रमुख अर्थात समादेशक रहेका छन्।
हाल एससपी दर्जामा कार्यरत ११२ औँ टोलीका १५ र उनीहरूभन्दा अघिल्लो बढुवामा एसएसपी भएका एक गरी १६ प्रतिस्पर्धी छन् । ११२ टोली भनेको नेपाल प्रहरीको इन्स्पेक्टरमा २०५६ असार ३ गते नियुक्त अधिकृत हुन् भने उनीहरू २०८० वैशाख २४ मा एसएसपी बढुवा भएका थिए ।
अर्को एकजना २०७९ असार २५ मा ३२ एसएसपी बढुवा हुँदा ३२ औँ नम्बरमा परेका शारदा चौधरी सबैजसो एआईजी र डिआईजी हुँदा उनी भने एसएसपी नै छन्। चौधरीको हालैमात्र मिर्गौला प्रत्यारोपण गरिएको छ र उनलाई यसपटकको बढुवामा समेटिने बुझिएको छ।
सो सूचीमा क्रमश: विश्व अधिकारी, भुपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल, अबिनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीपसमशेर जबरा, गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, तारादेवी थापा, प्रज्वल महर्जन रहेका छन् ।
अहिले चार डीआईजीमात्र रिक्त रहेको र कात्तिक पहिलो साता बढुवा सिफारिस गर्दा थप एक डीआईजी रिक्त हुने भएकाले कार्तिक पहिलो साता पाँच जनाको बढुवा हुने गृह मन्त्रालय स्रोतले जनाएको छ ।
ताजा अपडेट
-
१.
मन्त्री आवास प्रबन्धमा समस्या
-
२.
राष्ट्रिय सभा : सत्तापक्षको पदाधिकारी तोक्न सहकार्य आवश्यक
-
३.
तनहुँमा ट्याक्टर र माइक्रो बस दुर्घटनाः बालकको मृत्यु, १० जना घाइते
-
४.
काठमाडौँमा सवारी दर्ता बिलबुक अनियमितता, १६ जना पक्राउ
-
५.
प्रतिनिधि सभाको पहिलो दिनको ‘बिजनेस’: तीन अध्यादेश, सभामुख र उपसभामुख निर्वाचन र बैठक सञ्चालन नियमावली पेश
ट्रेन्डिङ
सम्बन्धित समाचार
तनहुँमा ट्याक्टर र माइक्रो बस दुर्घटनाः बालकको मृत्यु, १० जना घाइते
तनहुँ। तनहुँका छुट्टाछुट्टै स्थानमा भएका दुई सवारी दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ भने १० जना घाइते भएका...
‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रस्ताव
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले नेपालमा खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ ।...
अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ : अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गरिने बताउनुभएको छ ।...
कति छ काठमाडौँको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वमानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको...




