कपनमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु
काठमाडौँ। काठमाडौँको कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडक खण्डमा मोटरसाइकल दुर्घटनामा पर्दा एकजना गम्भीर घाइते भएका छन्। आज बिहान बा८१प ७३५ नम्बरको मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना युवाको आज बिहान मृत्यु भएको हो। मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला घर भई हाल काठमाडौँ कपन बस्ने २५ वर्षीय पासाङ मिङ्मा शेर्पा रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, ‘गए राति कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकमा पैयुटारबाट गोकर्णेश्वरतर्फ गइरहेको उक्त मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा शेर्पा गम्भीर घाइते भएका थिए । उनको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।’
ताजा अपडेट
-
१.
मन्त्री आवास प्रबन्धमा समस्या
-
२.
राष्ट्रिय सभा : सत्तापक्षको पदाधिकारी तोक्न सहकार्य आवश्यक
-
३.
तनहुँमा ट्याक्टर र माइक्रो बस दुर्घटनाः बालकको मृत्यु, १० जना घाइते
-
४.
काठमाडौँमा सवारी दर्ता बिलबुक अनियमितता, १६ जना पक्राउ
-
५.
प्रतिनिधि सभाको पहिलो दिनको ‘बिजनेस’: तीन अध्यादेश, सभामुख र उपसभामुख निर्वाचन र बैठक सञ्चालन नियमावली पेश
ट्रेन्डिङ
सम्बन्धित समाचार
तनहुँमा ट्याक्टर र माइक्रो बस दुर्घटनाः बालकको मृत्यु, १० जना घाइते
तनहुँ। तनहुँका छुट्टाछुट्टै स्थानमा भएका दुई सवारी दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ भने १० जना घाइते भएका...
‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रस्ताव
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले नेपालमा खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ ।...
अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ : अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गरिने बताउनुभएको छ ।...
कति छ काठमाडौँको तापक्रम?
काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वमानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको...




