मुख्य समाचार

जेनजी प्रदर्शनमा हराएको ३०३ राइफल दमकमा फेला

भद्रपुर (झापा)। गत भदौ २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा हराएको ३०३ राइफल झापाको दमक नगरपालिका–५ धनेश्वर मन्दिरको पूर्वपट्टि गेट नजिक बेवारिसे अवस्थामा फेला परेको छ।

स्थानीयवासीले आज बिहान सो बन्दुक देखेपछि इलाका प्रहरी कार्यालय दमकलाई जानकारी गराएका थिए। जानकारी पाएलगत्तै प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा खटिएको टोली घटनास्थल पुगेको थियो।

प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार फेला परेको हतियार जेनजी प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल नै भएको पुष्टि भएको हो। उक्त राइफल म्यागजिनसहित फेला परेको जनाइएको छ।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी हतियारलाई इलाका प्रहरी कार्यालय दमकमा सुरक्षित राखिएको जनाएको छ।

सम्बन्धित समाचार

तनहुँमा ट्याक्टर र माइक्रो बस दुर्घटनाः बालकको मृत्यु, १० जना घाइते

तनहुँमा ट्याक्टर र माइक्रो बस दुर्घटनाः बालकको मृत्यु, १० जना घाइते

तनहुँ। तनहुँका छुट्टाछुट्टै स्थानमा भएका दुई सवारी दुर्घटनामा परी एक बालकको मृत्यु भएको छ भने १० जना घाइते भएका...

‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रस्ताव

‘शिक्षाभन्दा खेलकुद पहिलो’: खेलकुद मन्त्रालय अलग बनाउन सांसद लामिछानेको प्रस्ताव

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अच्युतम लामिछानेले नेपालमा खेलकुद क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तनको आवश्यकता रहेको बताउनुभएको छ ।...

अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ : अर्थमन्त्री वाग्ले

अर्थतन्त्र सुदृढीकरणका लागि निजी क्षेत्रसँग हातेमालो गर्न सरकार तयार छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘गरिखाने मान्छेहरूको देश’का रूपमा चिनाउने गरी अर्थतन्त्रको विकास गरिने बताउनुभएको छ ।...

कति छ काठमाडौँको तापक्रम?

कति छ काठमाडौँको तापक्रम?

काठमाडौँ। काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ। मौसम पूर्वमानुमान महाशाखाका अनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको...