हाम्रो म्याण्डेट निर्वाचन गराउने हो : मन्त्री खरेल
काठमाडौँ| सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले प्राप्त म्याण्डेटअनुसार आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गराउने तयारी अघि बढाएको बताएका छन्।
नेपाल पत्रकार महासङ्घद्वारा आज आयोजित स्वागत कार्यक्रममा बोल्दै मन्त्री खरेलले सरकारको मुख्य उद्देश्य तोकिएको मितिमा स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउनु रहेको बताए। उनले भने, “हाम्रो म्याण्डेट फागुन २१ गते चुनाव गराउने हो, सोही दिशामा सरकार केन्द्रित छ।”
मन्त्री खरेलले सबै राजनीतिक दल र सरोकारवालालाई निर्वाचनमा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै निर्वाचन आयोगले आवश्यक क्यालेन्डर तयार गरिसकेको जानकारी दिए।
फरक प्रसङ्गमा उनले सुरक्षाकर्मीको मनोबल घटाउने खालका टिप्पणी नगर्न आग्रह गर्दै भने, “एकाध घटना घट्दैमा सुरक्षाकर्मीको मनोबल गिर्दैन, राज्यले नै तिनलाई परिचालन गर्छ।”
यसै अवसरमा नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माले फागुन २१ गते हुने निर्वाचनमा पत्रकार महासङ्घले सकारात्मक र सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाइन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?
काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...
ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ
काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...
हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...
नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ
महेन्द्रनगर। एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई जनालाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र...




