मुख्य समाचार

महाधिवेशन छलिरहेका छन् लिङ्देन, दबाब थपिरहेको छ धवलपक्ष

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का महामन्त्री डा. धवल शमशेर जबराले मंसिर १८ गतेभन्दा अगाडी नै महाधिवेशनको मिति तोकिसक्न पार्टी अध्यक्ष राजेन्द्र लिङदेनलाई अल्टिमेटम दिनुभएको छ ।काठमाडौंमा आईतवार जबरा पक्षधर नेताहरुको भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले मंसिर १८ भित्र महाधिवेशनको मिति तोकिसक्न अल्टिमेटम दिनुभएको हो ।

महामन्त्री जबराले महाधिवेशन गर्न दबाब दिने उद्देश्यले बैठक बोलाउनुभएको थियो । उहाँले वर्तमान कार्यसमितिको चार वर्ष कार्यकाल मंसिरको १८ गते सकिने भएकोले सो भन्दा अगाडी नै महाधिवेशनको मिति तोक्नुपर्ने बताउनु भयो।

मंसिरमा महाधिवेशन नगरे वर्तमान कार्यसमिति अवैध हुने उहाँको भनाई छ । आईतवार बसेको भेलाले महाधिवेशनको मिति तोक्नुपर्ने, कारबाहीमा परेकाहरुको कारबाही फुकुवा हुनुपर्ने र पार्टीमा एकता कायम गर्नुपर्ने निष्कर्ष निकालेको जानकारी दिनुभयो ।

भेलाले देशमा भइरहेको वर्तमान परिस्थितिमा पार्टीको एजेण्डालाई अगाडी सार्नुपर्नेमा पनि जोड दिएको उहाँको भनाई छ । संघीयता र गणतन्त्र खारेज गरेर देशलाई राजसंस्थासहितको हिन्दुराज्य बनाउनुपर्ने मागलाई अगाडी लिएर जानुपर्ने उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हाम्रो काठमाडौ उपत्यकामा भएका केन्द्रिय कार्यसमितिका सदस्य र केही महत्वपूर्ण नेताहरुलाई पार्टीको, देशको विषयमा छलफल गरेर कसरी अगाडी जाने भन्ने अनौपचारिक भेला हो । भेलाले पार्टीमा एकता कायम गरेर पार्टीको महाधिवेशन जुन मंसिरमा हुने हो, त्यो मंसिरको महाधिवेशनको मिति तय गर्ने र जुन साथीहरुलाई भएको कारबाही भएको छ, निलम्बन भएको छ । त्यस्तो कुराहरुलाई पनि पार्टीले फिर्ता लिनुपर्छ । अब महाधिवेशन र आन्दोलन कै क्रममा हामीहरु जानुपर्छ भन्ने निष्कर्षमा हामीहरु पुग्यौँ । यो केन्द्रिय कार्यसमितिको समय १८ मंसिरमा समाप्त भईरहेको छ । १८ मंसिर भन्दा पहिले हामीले महाधिवेशनको तिथिमिति तोक्नुपर्ने आवश्यकता छ । नत्र हाम्रो समिति अवैध हुन्छ ।’

राप्रपाको नियमित महाधिवेशन आउँदो मंसिरमा गरिसक्नुपर्नेछ । महाधिवेशन गर्नको लागि केन्द्रिय समितिको बैठक बोलाउन महामन्त्री जबराको समूहले दबाब दिन थालेको हो । पार्टीको केन्द्रिय समितिको बैठक गत माघदेखि बस्न सकेको छैन ।

सम्बन्धित समाचार

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

नेप्से परिसूचक २३ अङ्कले वृद्धि, कति भयो कारोबार?

काठमाडौं। यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ। आज नेप्से...

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

ग्रीस पठाइदिने भन्दै २५ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ। ग्रीसमा रोजगगारीका लागि पठाइदिने आश्वासन दिँदै २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। मोग्रीस...

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

हिन्दुराष्ट्र बनाउनेगरी संविधान संशोधन गर्ने भए रास्वपालाई सघाउँछौं : कमल थापा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले रास्वपा र नयाँ बन्ने बालेन शाह नेतृत्वको सरकारलाई शर्तसहित सघाउने बताउनुभएको छ।...

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

नाबालिका बलात्कारको आरोपमा दुई जना पक्राउ

महेन्द्रनगर। एक नाबालिकालाई बलात्कार गरेको आरोपमा कञ्चनपुर प्रहरी दुई जनालाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनभित्र...